नेपाली युवाले खोले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय कलेज

1.3K

नेपाली युवाले खोले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय कलेज

बुटवल, २५ असार । अष्ट्रेलियामा रहेर बिभिन्न पेशा व्यबसाय सञ्चालन गरेका नेपाली युवाले १० करोड लगानीमा अन्तर्राष्ट्रिय स्तरको कलेज सञ्चालन गरेका छन् । अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा हालै सञ्चालनमा आएको ‘किङ्सफोर्ड ईन्टरनेशनल ईन्ष्टिच्युट’मा बिद्यार्थी आकर्षण गर्नका लागि कलेजको टोली अहिले नेपाली बजारमा प्रचार प्रसारमा जुटेको छ ।

लामो समयदेखि अष्ट्रेलियामा रहेर अन्य बिभिन्न क्षेत्रमा लगानी गरि व्यबसायमा जेमका बुटवल वेलबासका राजी खनाल, तिलोत्तमा शंकरनगरका भिम खरेल र पोखराका बुलसन लामगाडे तीन जनाले बिजनेश, सूचना प्रबिधी, परियोजना व्यबस्थापन, बजार प्रतिनीधि तथा सञ्चार क्षेत्रलाई लक्षित गरेर बिद्यार्थीमा नेतृत्व बिकास गराउने गरि कलेज सञ्चालन गरिएको कलेजका निर्देशक राजी खनालले जानकारी गराउनु भयो ।

सन् २०१७ देखि कलेज सञ्चालनको तयारी सुरु गरेको ‘किङ्सफोर्ड ईन्टरनेशनल ईन्ष्टिच्युट’ गत जुन महिनादेखि सञ्चालनमा आएको हो । ‘हामीले तत्काल नाफा कमाउने गरी नभई लङ् टर्म सोचर लगानी गरेका छौं ।’ डाईरेक्टर खनालले भन्नुभयो–‘क्वालिटी एजुकेशन हाम्रो मिसन हो ।’

त्यसो त अष्ट्रेलियाको शिक्षामा नेपाली लगानीमा करिव १५÷१६ वटा कलेज सञ्चालनमा छन् । डिप्लोमा अफ विजनेश, सर्टिफिकेट फोर्थ ईन मार्केटिङ् एण्ड कम्युनिकेशन, डिप्लोमा अफ मार्केटिङ् एण्ड कम्युनिकेशन, डिप्लोमा अफ ईन्फरमेशन टेक्नोलोजी, डिप्लोमा अफ प्रोजेक्ट म्यानेजमेन्ट, एड्भान्स डिप्लोमा अफ आईटि प्रोजेक्ट म्यानेजमेन्ट, सर्टिफिकेट फोर्थ ईन विजनेश, डिप्लोमा अफ लिडरशिप एण्ड म्यानेजमेन्ट, एड्मान्स डिप्लोमा अफ लिडरशिप म्यानेजमेन्ट गरि हाल १० वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्न ‘किङ्सफोर्ड ईन्टरनेशनल ईन्ष्टिच्युट’ स्वीकृती पाएको र थप कार्यक्रमकालागि स्वीकृतिको प्रकृयामा रहेको कलेजका प्रमुख कार्यकारी अधिकृत भिम खरेलले जानकारी गराउनु भयो । ती कोर्ष अध्ययन गर्नकालागि ८ हजार अमेरिकि डलर देखि १४ हजार ७ सय अमेरिकि डलर लाग्ने कलेजले जनाएको छ ।

कलेजको लगानी कर्ताको टोली नेपाली बिद्यार्थी आकर्षण गर्न अहिले नेपालका मुख्य मुख्य सहरमा प्रवद्धनकालागि कार्यक्रम सञ्चालन गरिरहेका छन् । शनिबार रुपन्देहीको टिकुलीगठमा रुपन्देहीका कन्सल्टेन्सीसंग अन्तरक्रिया कार्यक्रम गरेको थियो । त्यस अवसरमा कलेजको बारेमा जानकारी गराईएको र सम्भव भएसम्म आफ्नो कलेजमा बिद्यार्थी पठाईदिन कन्सल्टेन्सीहरुलाई आग्रह गरिएको कलेजका सञ्चालक बुलसन लामगाडेले बताउनु भयो ।