तीस गतेसम्म भारी वर्षाको सम्भावना

1.3K

तीस गतेसम्म भारी वर्षाको सम्भावना

बुटवल, २८ असार । वर्षाका कारण काठमाण्डौ उपत्यका सहित मुलुकका बिभिन्न स्थानमा जलमग्न हुनुको साथै जनधनको क्षेती भएको समाचार आईरहँदा जल तथा मौषम बिज्ञान विभागले अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

जल तथा मौषम बिज्ञान विभागका अनुसार बिहिबार राती देशभरिनै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखाएको छ । त्यस्तै आज शुक्रबार दिउँसोको समयमा देशभरिनै बदली रही देशको मध्य र पश्चिमी भू–भागका अधिकांश स्थान, पुर्वका केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । विभागका अनुसार शुक्रबार साँझ र राती देशभरिनै बदलि रही हल्का देखी मध्यम खालको बर्षा हुने देखिन्छ ।

त्यस्तै शनिबार पनि दिउँसाको समयमा बदली रही मध्य तथा पश्चिमी भू–भागका धेरै स्थान र पुर्वका केहि स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । शनिबार साझ तथा राती पनि देशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौषम बिज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।