दुधको उत्पादन बढाउन गाईमा नश्ल सुधार कार्यक्रम

687

दुधको उत्पादन बढाउन गाईमा नश्ल सुधार कार्यक्रम

बुटवल, ३१ असार । रुपन्देहीको देवदह नगरपालिकाले दुधको उत्पादन बृद्धि गर्नकालागि गाईमा नश्ल सुधार कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ । कृषि, पर्यटन र पूर्वाधार बिकासलाई प्राथमिकता दिएको नगरपालिकाले कृषि कार्यक्रम अन्तरगत गाईमा नश्ल सुधारलाई प्राथमिकता दिईएको नगर प्रमुख हिराबहादुर खत्रीले बताउनु भयो ।

देवदह नगरपालिकाको शनिबार राती सम्पन्न तेस्रो नगर सभाले आगामी आर्थिक वर्षमा एक हजार गाईमा सेक्स सिमोन (कृतिम गर्भाधान) गराउने लक्ष्य लिएको उहाँले बताउनु भयो । कृतिम गर्वाधानकालागि एक डोजको करिव ३ हजार रुपैंया लाग्ने र नगरपालिकाले एक हजार गाईमा कृतिम गर्वाधान गर्ने लक्ष्य लिएकाले नगर सभाबाट ३० लाख रुपैंया बजेट विनियोजन गरेको छ । अहिले पनि रुपन्देहीको देवदहबाट सरदर दैनिक १७ हजार दुध निर्यात भईरहेको छ ।

दुध उत्पादन बृद्धिकै लागि नगरपालिकाले सेक्स सिमोन कार्यक्रम अंगाडी सारेको हो । माउ गाईबाट बाच्छीको उत्पादन नै गराउनकालागि पनि बिदेशबाट विज आयात गर्नेगरी सेक्स सिमोन कार्यक्रम अंगाडी सारिएको प्रमुख खत्री बताउनु हुन्छ । ‘यो प्रकृयाबाट बाच्छी उत्पादन हुने ९९ प्रतिशत सम्भावना हुन्छ भने दुधको उत्पादन पनि बृद्धि हुन्छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै नगरपालिकाले घासमा आधारित दुध उत्पादनलाई जोड दिएको छ । दानामा आधारित दुध उत्पादन गर्दा लागत बढी हुने भएकाले घास उत्पादनकालागि समेत किसानलाई सहुलियत प्रदान गरिने नगर प्रमुख खत्री बताउनु हुन्छ । त्यस्तैगरि नगरपालिकाले नगरलाई मासुमा आत्मनिर्भर गराउनकालागि बाख्रा पालान, कुखुरा पालन, बंगुर पालनलाई प्राथमिकतामा राखेको छ ।

पशुपालनमा राम्रो सम्भावना बोकेको देवदह नगरपालिकामा प्रसस्त सम्भावना भएपनि पुरानै शैलीमा काम गरेर प्रसस्त आयआर्जन गर्न नसकिने भएकाले नगरपालिकाले समुहमा आधारित पशु पालन व्यबसायलाई प्रवद्र्धन गर्न लागिएको हो । उहाँका अनुसार पशुधन विमाकालागि नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदान दिने तयारी गरेको छ ।

कृषिमा आत्र्मनिभएर भएपनि किसानले उत्पादन गरेको दुध विक्रि वितरण उचित समयमा नहुँदा किसानहरु मारमा परेको बताउँदै एसएमपी ‘स्किम मिल्क प्लान्ट’ मेघा प्रोजेक्टको रुपमा स्थापनाका गर्न प्रदेश सरकार समक्ष पहल भईरहको उहाँले जानकारी गराउनु भयो ।

गुनासोको आधारमा किसानले उत्पादन गरेको दुधलाई मिल्क पाउडर बनाएर विक्री गर्ने उद्योगको लागि समेत पहल गरिएको मेयर खत्रीको भनाई रहेको छ । यसको लागि प्रदेश सरकार संग आवश्यक छलफल गरि मिल्कीङ्ग पाउण्डर प्लान्ट देवदहमा नै सञ्चालन गर्र्नको लागि पटक पटक आग्रह गरिएको मेयर खत्रीले जानकारी दिए ।

त्यस्तै नगरपालिकाले आगामी आर्थिक वर्षदेखि किसानलाई परिचय पत्र वितरण गर्ने योजना बनाएको छ । वास्तविक किसान परिहचान गरी अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्नको लागि किसान परिचय पत्रको अवधारण अगाडी बढाइएको हो ।