५३ लाख भारतीय रुपैंया सहित चार पक्राउ

259

५३ लाख भारतीय रुपैंया सहित चार पक्राउ

बुटवल, २ साउन । रुपन्देहीको भैरहवाबाट भारतीय रुपैंयाको अवैध कारोवार गरेको आरोपमा प्रहरीले ५३ लाख भारतीय रुपैंयासहित ४ जनालाई पक्राउ गरेको छ ।

त्यसरी पक्राउ परेका रुपन्देही रोहीणी गाउँपालिका ५ का ५४ वर्षीय दुधनाथ योगी, सिद्धार्थनगर २ का ३७ वर्षीय गणेश थापा, बुटवल १६ का ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर ८ का ३८ वर्षीय राजु बुढाथोकी सहित बरामद गरिएको भारतीय रुपैंया राजस्व अनुसन्धान विभाग पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

भारतीय नोटको अवैध कारोवार हुँदैछ भन्ने बिशेष सूचनाको आधारमा मंगलबार प्रहरीले सिद्धार्थनगर १३ मा रहेको ह्वाईट लोटस होटलमा खान तलासी गरेको थियो । खानतलासीका क्रममा उनीहरुको साथबाट पुरानो भारु १ हजार दरको २ हजार ६५० र ५ सय दरको ५ हजार ३ सय थान गरि भारतीय ५३ लाख रुपैंया बरामद गरिएको उहाँले बताउनु भयो ।