
मीना पौडेल/
देवदह, ५ साउन । अनसनरत प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल बिद्यार्थी संघ देवदह आर्दश बहुमुखी क्याम्पसले आज साँझ प्रदर्शनको तयारी गरेको छ ।
सरकारले जुम्ला अस्पतालमा देखाएको अमानवीय व्यवहारको विरोध गर्नुका साथै डा. केसीको जीवन रक्षाको माग सहित हुने प्रदर्शनमा कालो छाता ¥यालीको आयोजना गरिएको संघका इकाई सभापति शंकर गिरीले बताउनुभयो ।
उक्त ¥याली देवदहको खैरेनी चोकदेखि शुरु हुने र ¥याली डा. केसीको सत्याग्रहमाथी सरकारले कठोर र निन्दनीय शैलीप्रति खेद प्रकट गरिने उहाले बताउनुभयो । उक्त ¥यालीमा सबैले कालो छाताको प्रयोग गरी सरकारप्रति व्यङ्ग प्रस्तुत गरिने भएको छ ।
डा. केसी चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक–पटक अनसन बस्दै आउनुभएको छ ।