बुटवल, ११ साउन । कल वाईपास गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ । कल वाईपास गरेको अभियोगमा प्रहरीले तिलोत्तमा नगरपालिका वडा नं. ८ झुलेनीपुरका २८ वर्षीय रामप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो । आफ्नै घरमा कल वाईपास गरिरहेको अवस्थामा न्यौपानेलाई बिहिबार साँझ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।
प्रहरीले न्यौपानेको घरबाट कल वाईपासमा प्रयोगहरु सामानहरु ६४ पोर्टको भिओआईपी गेटवे एक थान, त्यसको चार्जर एक थान, टिपी लिङ्क राउटर एक थान, लेनोभो कम्पनीको ल्यापटप एकथान, त्यसको चार्जर, नोकिया कम्पनीको १३० मोडलको मोवाई बरामद गरेको छ । त्यस्तै प्रहरीले स्यामसुङ् कम्पनीको ड्युज मोवाईल एक थान, एनटिसी सिमकार्ड १७ थान, एनसेल सिमकार्ड १७ थान, स्मार्ट सेलको सिमकार्ड १९ थान, फरक कम्पनीका २ थान मोडिएम पनि बरामद गरेको छ ।
त्यस्तै प्रहरीले मल्टिप्लक, एनटिसीको प्रयोग नभएका ५० दलका १० वटा रिचार्ज कार्ड, ईन्टरनेट लाईन केवुल ३, भिओआईपी गेटवेमा प्रयोग भएको १६ थान एन्टिना पनि बरामद गरिएको उहाँले जानकारी गराउनु भयो ।
न्यौपानेले पाकिस्तान र टर्कीमा कनेक्सन गरेर कल वाईपास गरिरहेको भेटिएको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । कल वाईपासको अभियोगमा पक्राउ परेको न्यौपानेलाई दुरसञ्चार ऐन अन्तरगत कावाही प्रकृया अंगाडी बढाईएको छ । यस अभियोग अन्तरगत अभियोग पुष्टि भएमा विगो बमोजिम जरिवाना र ५ वर्ष कैद वा दुबै सजाय हुने कानुनी व्यबस्था छ ।
प्रहरीका अनुसार न्यौपानेले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको कल वाईपास गरेको भेटिएको छ । यदि यी तीन वटा कम्पनीको मात्रै कलवाईपास गरेको भए विगो दावी गरे बमोजिम अदालतले फैसला गर्नेछ ।