‘हाईवेमा पार्किङ् गरे ह्वील लक’

1.3K

‘हाईवेमा पार्किङ् गरे ह्वील लक’

बुटवल, ११ साउन । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले ट्राफिक नियम विपरित हाईवेमा सवारी साधन रोक्न नदिने अभियान सुरु गरेको छ । हाईवेमा हुने अव्यबस्थित पार्किङ्ले सवारी आवागमनमा समस्या पारेको भन्दै सवारी आवागमनलाई सहज बनाउन हाईवेमा नो पार्किङ अभियान सुरु गरिएको हो ।

अव हाईवेमा सवारी साधन रोके÷पार्किङ् गरे सवारी साधनमा ह्वील लक गरि कारवाही गरिने पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले बताउनु भयो । ट्राफिक व्यबस्थापनकालागि प्रहरीले दुई चरणमा सवारी व्यबस्थापन अभियान सञ्चालनको तयारी गरेको छ ।

पहिलो चरणमा शहरी क्षेत्रमा तत्कालैदेखि लागुहुने गरी मुख्य बजार क्षेत्रमा हेभी सवारी साधन प्रवेश निशेधलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ भने पार्किङ् स्थलबाहेक सवारी साधन पार्किङ् गर्न नदिने अभियान सुरु भएको कार्यालयका प्रहरी नायव उपरिक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराउनु भयो । त्यस्तै दोस्रो चरणमा दोस्रो हप्तादेखि प्रदेश पाँचमा पर्ने नवलपरासीको दाउन्नेदेखि बर्दियाको चिसापानी सम्मको हाईवे क्षेत्रमा यातायात व्यबस्थापन अभियान सञ्चालन गर्ने प्रहरीको तयारी छ ।

त्यस्तै सवारी साधन सञ्चालनकालागि निर्धाणर गरिएको गति कायम गराउन पनि प्रहरीले जोड दिएको छ । प्रहरीले शहरी क्षेत्रमा हेभी सवारी साधन जस्तै टिप्पर, ट्रकलाई २० किलोमिटर प्रतिघण्टा तथा साना सवारी साधनलाई ३० किलो मिटर प्रतिघण्टाको दर निर्धारण गरेको छ । सोही अनुसार सवारी साधनको गति कायम राखेर सञ्चालन गर्न पनि सवारी चालकलाई प्रहरी आग्रह गरेको छ ।