स्थानीय तहमा उद्योग ग्रामको बिषयमा छलफल

512

स्थानीय तहमा उद्योग ग्रामको बिषयमा छलफल

बुटवल, ११ साउन । सरकारले अघि सारेको प्रत्येक स्थानीय तहमा एक उद्योग ग्रामको सम्भावनालाई अध्ययन गर्न र सुझाव लिन रुपन्देहीमा आएको उद्योग मन्त्रालयको टोलीले शुक्रवार बुटवल उद्योग वाणिज्य संघमा उद्योगीहरुसंग छलफल गरेको छ । मन्त्रालयका सहसचिव प्रभात कुमार सिंहको नेतृत्वमा आएको टोलीले उद्योग ग्राममा राख्न सकिने उद्योग, उद्योग ग्रामको पुर्वाधार बिकास, लगानी तथा व्यवस्थापन लगायतका बिषयमा सुझाव लिएको थियो ।

त्यस अवसरमा संघका अध्यक्ष खिम बहादुर हमालले उद्योग ग्रामको अवधारणा राम्रो भएको बताउदै नाम मात्रको नभई पुर्वाधार सहितको उद्योग ग्राम बनाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा उद्योगीहरु नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, उद्योग उपाध्यक्ष अनिल श्रेष्ठ, वाणिज्य उपाध्यक्ष हरि अर्याल, कार्यसमिति सदस्य अनुपमान सैजू, उद्योगी यादव घिमिरे, युवा उद्यमी आनन्द वझा लगायतले उद्योग ग्राममा राख्न सकिने उद्योग र सरकारले दिनुपर्ने सुबिधाका सम्वन्धमा टोलीलाई सुझाव दिनु भएको थियो ।