देवदह क्षेत्र लागु पदार्थ दुव्र्यसनिको ट्रान्जिट प्वाईन्ट

740

देवदह क्षेत्र लागु पदार्थ दुव्र्यसनिको ट्रान्जिट प्वाईन्ट

कात्र्तिक  । सुरक्षा निकाय, राजनैतिक दल र आम जनता अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न संयुक्त रुपमा लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा सहभागिहरुले बताएका छन । उनीहरुले देवदह क्षेत्र लागु पदार्थ दुव्र्यसनिको ट्रान्जिट प्वाईन्ट बन्दै गएकाले यसको न्यूनिकरण गर्न सबैजना एक भएर लाग्नु पर्ने बताएका थिए । देवदह उधोग वाणिज्य संघद्धारा देवदहमा आयोजित शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्मा शुभकामना तथा देवदह क्षेत्रमा शान्ति सुरक्षाको अवस्थाबारे अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले उक्त कुरा बताएका हुन । राज्यले बेरोजगार युवाहरुलाई रोजगार प्रदान गर्नुका साथ साथै रचनात्मक कार्यक्रममा संलग्न गराउन सक्ने हो भने अपराधिक घटना कम मात्रामा हुने बताएका थिए । देवदह क्षेत्रमा दिन दहाडै गोली प्रहार लगाएतका अपराधिक घटना घटदा अपराधि नभेटिनु दुःखद कुरा भएको बताउदै सुरक्षा निकाय बलियो बनाउन आग्रह गरेका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सांसद अब्दुल रज्जाकले नेपालमा अहिले उत्पन्न भएको समस्या सबै मिलेर समाधान गर्ने बताउनु भएको छ । सांसद रज्जाकले नेपालले आफनो समस्या आपैm समाधान गर्ने बताउदै भारत संग कुनै पनि हालतमा नझुक्ने बताउनु भयो । राजनितिक ईमान्दारिका साथ सबै दलहरु एकजुट भएर मुलुकको विकास गर्नु पर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान बनेकाले कांग्रेसले साथ नदिएमा संविधान समसोधन हुन नसक्ने बताउदै संविधान समसोधन गर्न कांग्रेसले साथ दिन रज्जाकले उल्लेख गर्नु भयो । अन्र्तक्रिया कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकाल, अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरि उपरिक्षक शेरबहादुर बस्नेत, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खडका, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक केदारराज पन्त, देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्याल लगाएतले सहभागिहरुबाट उठेका जिज्ञासाहरुका बारेमा जवाफ दिदै आम जनताको सुरक्षाको लागि आफुहरु सदैव सक्रिय र लगनशिल भएर लागेको बताएका थिए । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हिरा बहादुर खत्री, नेकपा माओवादीका नमराज पुरी, एमाओवादीका कृष्ण ढकाल, नेकपा एमालेका पदम थापा, नेपाल भारत मैत्री संघ पश्चिमाञ्चलका उपाध्यक्ष बासुदेव रिमाल, देवदह नगर विकास समितिका अध्यक्ष डिल्लीराज मरासिनी, रेडियो देवदहका अध्यक्ष कृष्ण पौडेल, विष्णुविवस पोख्रेल, लायन्स क्लव अफ वुद्धमावलीका अध्यक्ष होमनाथ ढुङ्गाना, अखिल नेपाल महिला संघका सरस्वती पोख्रेल, डम्बरबहादुर थापा, खेमनारायण अधिकारी, विजय गुरुङ्ग, गोविन्द ज्ञवाली लगाएतले बोल्नु भएको थियो । संघका अध्यक्ष गोपालप्रसाद ढकालको अध्यक्ष्ँता, महासचिव प्रमोद खनालको सञ्चालन र सचिव हरि भण्डारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।