बुटवल, २ भदौ । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले शनिबार रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ को स्मृति सामुदायिक बन क्षेत्रमा बृक्षारोपण गरेको छ । रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह र रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीको सहकार्यमा आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा उक्तबनमा बिभिन्न प्रजातीका ४५८ थान बिरुवा रोपिएको रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै स्मृति सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष भरत गुरुङ्ले पछिल्लो समयमा बन बिनास हुँदै जाँदा मानवीय जीवनमा समेत नकारात्म प्रभाव परिरहेको बताउँदै बनको संरक्षमा सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।
क्लवका अध्यक्ष ओमप्रकाश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी तिलोत्तमा रुपन्देहीका पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, नविन श्रेष्ठ, नोमिनी प्रसिडेन्ट बिष्णु घिमिरे, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष नविन थापा, देवदहका अध्यक्ष गणेश सापकोटा, रोटरी क्लवका सचिव दिनेशमणी सुवेदी लगायतले भनाई राख्नुभएको थियो । क्लवका सदस्य हरिशरण पाण्डेको संयोजनमा बृक्षारोपण कार्यक्रम भएको थियो ।