ने बि संघका नेता घिमिरे द्वारा जन्मदिनमा अनाथ आश्रममा शैक्षिक सामाग्री बितरण

1.3K

ने बि संघका नेता घिमिरे द्वारा जन्मदिनमा अनाथ आश्रममा शैक्षिक सामाग्री बितरण

गोविन्द बस्नेत/ बुटवल,१३ भदौ । नेपाल विद्यार्थि संघ रुपन्देही का नेता तथा व्यवसायी निराजन घिमिरेले आफ्नो जन्म दिन को अवसर पारेर बाल आश्रममा शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन ।जन्मदीनमा होटलमा फजुल खर्च गरेर मनाउन भन्दा बालबालिकाहरुको अध्ययनलाई नियमित तथा प्रभावकारी बनाउनका लागि अनाथ बालबालिकालार्ई शैक्षिक सामाग्री बितरण गरिएको घिमिरेले वताए ।

बितरण समारोहमा नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष पवन यादवले अनावश्यक खर्च गर्ने समाजका बिचमा घिमीरेले गरेको सामाजिक काम प्रेरणादायी भएको बताए । उनले युवाहरुको सक्रियताले अन्य युवाहरुलाई समेत प्रेरणा मिल्ने बताए । बालबालिका भोलीको कर्णदार भएकाले उनीहरुको शिक्षा स्वास्थ्यमा राज्य गम्भीर बन्नुपर्नेमा जोड दिए ।

केन्द्रिय सदस्य लेखनाथ भट्टराई, पुर्व केन्द्रिय सदस्य तथा महिला नेत्री जमुना ढकालले घिमीरेले वितरण गरेको शैक्षिक सामग्रीले विद्यार्थीको उज्जल भविष्य निमार्णमा सहयोग पुग्ने बताए कार्यक्रममा नेपाल विद्यार्थी संघ रुपन्देहीका पुर्व उपाध्यक्ष अजय रावल, नेपाल विद्यार्थी संघका बुटवल बहुमुखी क्याम्पस सभापति दिनेश पौडेल, सिद्दार्थ गौतम बुद्द क्याम्पस सभापति महेस पौडेल, लुम्बिनी बाणिज्य क्याम्पस सभापति सुरज छेत्री, यग्योदय दुधनाथ थारु बहुमुखी क्याम्पस सभापति डि. आर कंडेल ,भैरहवा बहुमुखी क्याम्पस सभापति प्रदिप थापा, देबदह बहुमुखी क्याम्पस सभापति संकर गिरि, लुम्बिनी इन्जिनियरिङ कलेज सभापति दिपक फौदार, ने बि संघ रुपन्देही क्षेत्र नं ५ का क्षेत्रीय सभापति नेता दिनेश पाण्डे, नेपाल तरुण दल बुटवल उपमहानगरपालिका का कोषाध्यक्ष सुदिप गुरुङ, रुपन्देही तरुण दल नेता भरत पुरी, सन्तोष डि सि , नरेश छेत्री लगायत को उपस्थिति रहेको थियोे ।