छात्रामाथि दुव्र्यबहार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

619

छात्रामाथि दुव्र्यबहार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

बुटवल, १३ भदौ । आफ्नै बिद्यालयमा अध्ययन गर्ने बालिकालाई दुव्र्यबहार गरेको अभियोगमा प्रहरीले बुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज सेकेन्डरी ईङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल तोयाराम पौडेललाई पक्राउ गरेको छ ।

पौडेलले आफ्नै बिद्यालयको होस्टेलमा बस्दै आएकी कक्षा १० मा अध्ययन गर्ने छात्रामाथि अभद्र व्यबहार गर्ने, गोप्य अंगमा छुने, छात्रालाई रातीमा एक्लै बोलाएर बलात्कारको प्रयास गरेको आरोपमा अभिभावक आन्दोलित भएपछि प्रिन्सिपल पौडेललाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले पक्राउ परेका प्रिन्सिपल पौडल बिरुद्ध जवरजस्ती करणीको मुद्धा दर्ता भएको र बिहिबारबाट अदालती प्रकृया सुरु हुने जानकारी दिनुभयो । होस्टलमा बस्दै आएकी एक छात्राले आफूमाथि प्रिन्सिपल पौडेलले अभद्र व्यबहार गरेको अभिभावकलाई बताएकी थिईन् । त्यसपछि अभिभावक आन्दोलित भएका हुन् ।

बिद्यार्थीका अभिभावकले बुधबार दिनभरी बिद्यालयमा नारावाजी गर्दै पिन्सिपल पौडललाई कारवाहीको माग गरेका थिए । अभिभावकको आन्दोलनका कारण तनावग्रस्त बनेको बिद्यालयमा तोडफोडको समेत प्रयास भएपछि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

अभिभावक आन्दोलित भएपछि बिद्यालयमा बुधबार पठन पाठन हुन सकेन भने तनावका कारण बिद्यालय बन्द गरिएको थियो । प्रिन्सिपल पौडेलले भने आफूलाई फसाउने षड्यन्त्र रचेर यस्तो आरोप लगाईएको बताउनु भएको छ ।