वार्ताको औचित्य सकिएको छैन ः ठाकुर

वार्ताको औचित्य सकिएको छैन ः  ठाकुर

mahantजनकपुरधाम, /तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको वार्ताको औचित्य नसकिएको बताउनुभएको छ ।

उहाँले वीरगन्जमा भएको घटनापछि वार्तामा केही शिथिलता आएको भएपनि वार्ताबाट मोर्चा कहिलेपनि नभागेको बताउनुभयो ।

जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले सरकारले वार्ता चाहेको अवस्थामा आपूmहरु वार्तामा बस्न तयार रहेको प्रष्ट पार्नुभयो । तर उहाँले वार्ताको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको समेत बताउनुभयो ।

वर्तमान वार्ता टोलीमा रहेका सदस्यलाई हटाएर नयाँ वार्ता टोली बनाउने तयारी भइरहेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ठाकुरले त्यो सरकारको कार्यशैलीमा निर्भर रहेको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले नै अहिले वार्ता समिति गठन गरेको कारणले सरकारले जस्तो वार्ता समिति गठन गरेपनि वार्ताबाट आपूmहरु नभाग्नेसमेत बताउनुभयो । अध्यक्ष ठाकुरले वर्तमान संरचनामा नेपाली काँग्रेसलाई वार्तामा नराखेर सहमति भएको अवस्थामा त्यसको औचित्यसमेत नरहेको बताउनुभयो ।

अध्यक्ष ठाकुरले मोर्चा दुई प्रदेशमा मात्रै सहमति गर्ने बताउँदै मोर्चाको बटमलाइन नै दुई प्रदेश रहेको बताउनुभयो । उहाँले छठपछि आन्दोलनको कार्यक्रम अझ सशक्त हुने भन्दै आन्दोलनमा समयअनुकुल फेरवदल हुने गरेको भएपनि यसको विकल्पसमेत नरहेको बताउनुभयो ।

उहाँले मधेसका जनताले आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेकाले बिहारमा भएको निर्वाचनको परिणामले आन्दोलनलाई कुनैपनि प्रकारले कमजोर नबनाउने बताउनुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •