लुम्बिनी वाङ्मयद्वारा चित्रकला तथा मूर्तिकला प्रदर्शनी

722

लुम्बिनी वाङ्मयद्वारा चित्रकला तथा मूर्तिकला प्रदर्शनी

बुटवल, २३ भदौ । लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीले शनिबार दीप बोर्डिङ हाई स्कूल बुटवल–८, सुख्खानगरको सभाहलमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी–२०७५ एवम् कार्यपत्र प्रस्तुत तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा रुपन्देही र यस क्षेत्र आसपासमा रहेर चित्रकला र मूर्तिकलामा लामो समयदेखि लागिरहेका २४ जना चित्रकार र मूर्तिकारका सिर्जनाहरू प्रदर्शन गरिएको थियो भने वरिष्ठ कलाकार मन गोल्डीले रुपन्देही क्षेत्रमा कलाको विकास र कलाकारको सङ्क्षिप्त विवरण विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

वाङ्मयका अध्यक्ष पुरुषोत्तम पाण्डेयले कला क्षेत्रको विकास, संरक्षण र संवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको कुरा बताउनुभयो । कार्यक्रममा राजेन्द्रकुमार आचार्यले मोतीराम भट्ट सम्बन्धी, ऋषि आजादले वाङ्मयका गतिविधि सम्बन्धी र कलाधर अर्यालले लुम्बिनी वाङ्मय प्रतिष्ठानका कार्यको प्रशंसा गर्दै आगामी दिनमा अझ रचनात्मक कार्यक्रमका लागि सहयोग तयार रहेको बताउनु भयो ।

सोही कार्यक्रममा २४ जना चित्रकार तथा मूर्तिकारलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।