रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तक्रियात्मक देउसीभैलोमा उहाँले अहिलेको मुलुकको सङ्कटको सामना गर्न काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउँदै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने धारणा राख्नु भयो ।
वरिष्ठ नेता खनालले संघीयतामा नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता आँैल्याउँदै अहिले माग भइरहेको आधारमा प्रदेशको सीमाङ्कन मिलाउन गाह्रो हुने बताउनुभयो ।
उहाँले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने विचार व्यक्त गर्दै सङ्घीयताको नाममा देशमा रगत बगाउन नहुने उल्लेख गर्नु भयो