बुटवल, ४ असोज । काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको सिद्धार्थ बैंक लिमिटेडले बिहिबार एकैसाथ रुपन्देहीमा दुई वटा शाखा बिस्तार गरेको छ । बैंकले रुपन्देहीको ग्रामिण क्षेत्र फर्साटिकर र मणिग्राममा शाखा बिस्तार गरेको हो ।
दुई शाखा बिस्तार संगै उक्त बैंकको रुपन्देही जिल्लामा ६ वटा शाखा भएका छन् भने कुल शाखा १२६ पुगेको बैंकका फर्साटिकर शाखाका प्रवन्धक अर्जुन गौतमले जानकारी दिनुभयो ।
बैकले गत आर्थिक वर्षको असार मसान्त सम्म ८ अर्व बढी चुक्ता पुँजी, १ खर्व ९० अर्व निक्षप संकलन र १० अर्व लगानी गरेको जनाएको छ । त्यस्तै १ अर्व ८५ करोड नाफा आर्जन गरेको बैंकले जनाएको छ ।