काउन महिला समितिमा पदस्थापन

1.3K

काउन महिला समितिमा पदस्थापन

बुटवल, १५ असोज । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन) जिल्ला महिला कार्यसमिति रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन गर्नुका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ रुपन्देही सोमबार बुटवलमा कार्यक्रमको आयोजना गरि दोस्रो अधिवेशनबाट सर्वसम्म रुपमा निर्वाचित कार्यसमितिलाई पदस्थापन गर्नुका साथै प्रमाण पत्र प्रदान गरेको हो ।

गत भदौ ८ गते भएको अधिवेशनले भागमती चौधरीको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको थियो । उनीहरुलाई नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी तथा जिल्ला अध्यक्ष बिरबहादुर लामाले टिका खादा तथा प्रमाण पत्र प्रदान गर्नुभएको हो । सोही अवसरमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराईएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष चौधरीले महिला समितिलाई निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरलाई सदस्य बनाउन आग्रह गर्दै संघले सदस्यलाई प्रदान गर्ने सहायताका बारेमा जानरकारी गराउन सके सदस्यता अभिबृद्धि गर्न कुनै समस्या नहुने भनाई राख्नुभयो ।त्यस्तै नवनिर्वाचित महिला अध्यक्ष भागमती चौधरीले महिला कामदारलाई अहिले पनि ज्यालामा विभेद हुने गरेको भन्दै महिला कामदारलाई हुने विभेद बिरुद्ध समितिले काम गर्ने बताउनु भयो ।

संघका जिल्ला अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कोषाध्यक्ष तथा संघका बुटवल इकाई अध्यक्ष सुर्यदेव दास, पत्रकार कबिन्द्र नेपाल लगायतले शभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संघका सचिव कृष्णप्रसाद चौधरीको सञ्चालनमा भएको थियो ।