निर्मलाका हत्यारालाइ कारबाहीको माग गर्दै प्रदर्शन

1.3K

निर्मलाका हत्यारालाइ कारबाहीको माग गर्दै प्रदर्शन

बुटवल,असोज । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाइ कारबाहीको माग गर्दै बुटवलमा महिलाहरुले बिरोध प्रदर्शन गरेका छन् । अधिकार कर्मी तथा सामाजिक संघसस्थामा संलग्न महिलाहरुले शनिबार बुटवलमा निर्मला हत्याका दोषीलाइ तत्काल कारबाहीको माग गर्दै बिरोध जुलुस निकालेका हुन् ।

निर्मला पन्तलाइ न्याय देउ, बलात्कारीलाइ सर्वजनिक गर,सरकारले देखायो लाचारी–यसमा हाम्रो खबरदारी,हत्या हिंसा बन्द गर जस्ता नारा लेखिएका प्ले कार्ड तथा व्यानर सहित महिलाहरुले ¥याली निकालेका थिए । हत्या हिंसा बन्द गर भन्ने नारा लगाउदै बुटवल ८ सुख्खानगरबाट निकालिएको ¥याली हिलपार्क चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

बिरोध कार्यक्रममा बोल्दै समाजसेवी बालकुमारी भण्डारीले पछिल्लो समयमा महिला तथा बालबालिका माथि लैंगिक हिंसा,बलात्कार तथा हत्या जस्ता जघन्य घटना बढेको र अपराधीलाइ कारबाही नहुँदा समाजमा दण्डहिनता मौलाएको बताउनु भयो । अपराधीलाइ तत्काल पक्राउ गरी कारबाही नगर्दा सम्म महिलाहरुको बिरोध र खबरदारी नरोकिने भण्डारीले बताउनु भयो ।

कार्यक्रम संयोजक तथा अधिकारकर्मी राधा ज्ञवालीले बालिका हत्याका दोषीलाइ कारबाहीको माग गर्दा त्यसको सुनुवाइ गर्नुको साटो घटनालाइ राजनीतिकरण गर्न खोजिएको आरोप सरकराले नै जनतामाथि लगाउनु दुःखद भएको बताउनु भयो । बिरोध कार्यक्रममा बिष्णु थापा,धना आले,अनिता अधिकारी, केशरी भण्डारी लगायतले बोल्दै बालिका हत्या र बलात्कार घटनाका दोषीलाइ तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका थिए ।