बुटवल, २१ असोज । नेपालीहरुको महान पर्व दशैैंलाई लक्षित गरि नेपाल राष्ट्र बैंकले आज आईतबारदेखि नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । नेपाल राष्ट्र बैंकको सटही काउन्टरबाट सर्वसाधारण नेपालीकालागि नया तथा सुकिला नोट सटहीको व्यबस्था मिलाएको हो ।
नेपाल राष्ट्र बैंकले एक व्यक्तिलाई २७ हजार रुपैंया सम्मको खुद्रा सटहीको व्यबस्था मिलाएको छ । बैंकले सय दरको एक प्याकेट र त्यो भन्दा साना प्रत्येक दरको दुई दुई प्याकेट गरि २७ हजार रुपैंयाँ सटहीको व्यबस्था मिलाएको हो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका अनुसार एक व्यक्तिले एक पटक मात्रै सटही गर्न पाउने छ भने नोट सटही कार्य यहि असोजको २९ गते सम्म सञ्चालन गरिने छ ।
खुद्रा तथा नयाँ नोट सटहीका लागि कसैले झुक्याउने गरी एक दरको प्याकेटमा अन्यदरको मिसाई सटही गर्ने प्रयास गरेमा कारवाहीकालागि प्रहरीलाई बुझाईने, त्यस्तै बजारमा अनधिकृत रुपमा अतिरिक्त रकम लिई बैंक नोट सटही गरेको पाईएमा त्यस्तो नोट जफत गरि आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाईएने नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले जारी गरेको खुद्रा नोट सटही व्यबस्था सम्बन्धि सूचनामा उल्लेख गरिएको छ ।