घुमाउन लगेर १६ वर्षीय बालिकालाई सामुहिक बलात्कार

273

घुमाउन लगेर १६ वर्षीय बालिकालाई सामुहिक बलात्कार

बुटवल, २५ असोज । जवरजस्ती करणीको अभियोगमा प्रहरीले रुपन्देहीका दुई जनालाई पक्राउ गरेको छ । गत मंगलबार शिवनगर सामुदायिक जंगलमा १६ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिका वडा नं. १० चरंगेका ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका वडा नं. ७ शिवनगरका २६ वर्षीय कृष्ण थापा क्षेत्रीलाई पक्राउ गरि मुद्धा दर्ताको तयारी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिनुभयो ।

मजदुरी गर्ने उनीहरुले ललाई फकाई गरि घुम्न लगेको र जंगलमा लगेर जवरजस्ती करणी गरेको पिडित बालिकाले वडा प्रहरी कार्यालय बुटवलमा उजुरी गरेपछि घटना बाहिर आएको थियो । बालिकाले दिएको उजुरीका आधारमा प्रहरीको थप अनुसन्धानबाट घटनास्थलमा प्रयोगभएका कण्डम र त्यसको खोल तथा फुटेका चुरा सबुदहरु फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताउनु भयो ।

घटनाको प्रारम्भिक अध्ययनबाट सामुहिक बलात्कार भएको हुनसक्ने देखिएकाले प्रहरीले थप अनुसन्धान गरिरहेको अन्य शंकास्पद व्यक्तिहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक ऋषिराम घर्ती मगरले बताउनु भयो ।