बुटवल, कात्तिक । दशैंको समयमा प्रदेश पाँचमा सवारी दुर्घटनामा परि २३ जनाले ज्यान गुमाएका छन् । गतअसोज २४ गतेदेखि कात्तिक ५ गते सम्मको प्रहरीको तथ्यांकअनुसार प्रदेश पाँचका १२ जिल्लाका बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि २३ जनाले ज्यान गुमाएका हुन् ।
यो अवधिमा प्रदेश पाँचका बिभिन्न स्थानमा ५५ वटा दुर्घटना भएका थिए भने तीदुर्घटनामा ७३ वटा सवारी साधन परेकाथिए । ती दुर्घटनामा परि ३५ जना पुरुष र १२ जना महिला गरी ४७ जना गम्भिर घाईते भएको तथ्यांक प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको छ ।
चाडपर्वको समयमा ओभर स्पिड सवारी चलाउने, मदिरा सेवन गरेर सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राखेर सवारी चलाउने तथा सडकको कमजोर अवस्थाका कारण दुर्घटना हुने गरेको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायवउपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्येनजर गरेर प्रहरीले सवारी सञ्चालनमा निगरानी बढाएको थियो । बजार क्षेत्रमा प्रहरीले निगरानी बढाएपनि प्रयाप्तजनशक्ति अभावका कारण अझै पनि ग्रामिण क्षेत्रमा सवारी साधनमा क्षमता भन्दा बढी यात्रु भरेर सवारी सञ्चालन भईरहेको उहा ँबताउनु हुन्छ ।
यद्यपी अंघिल्लो वर्षको तुलनामा दुर्घटना संख्यामा कमी आएको उहाँ बताउनु हुन्छ । साविक पश्चिमाञ्चल क्षेत्रको १६ जिल्ला हेर्दै आएको उक्त कार्यालयले मुलुक संघीय संरचनामा गईसकेपछि प्रदेश पाँचका १२ जिल्ला हेर्ने दायित्व बोकेको छ ।
अंघिल्लो वर्ष दशैंको समय (असोज ५ देखि १९ गतेसम्म) मापश्चिमाञ्चलका १६ जिल्लामा सवारी दुर्घटनामा परि ३१ जनाले ज्यानगुमाएको तथ्यांक ट्राफिक प्रहरी कार्यालयसंग छ । अंघिल्लो वर्ष पश्चिमाञ्चलका १६ जिल्लाका बिभिन्न स्थानमा ५५ दुर्घटनामा ७७ सवारी साधन परेकाथिए । जसमा ६१ जना गम्भिर घाईते भएका थिए ।