मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदुत यु होङबिच भेटवार्ता

1.3K

मुख्यमन्त्री पोखरेल र चिनियाँ राजदुत यु होङबिच भेटवार्ता

बुटवल, कात्तिक । मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि चिनियाँ राजदुत यु होङबिच भेटवार्ता भएको छ । आईतबार भएको भेटमा भेटमा लुम्बिनीको पर्यटन प्रवद्र्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानी बारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनु भयो ।

मुख्यमन्त्रीले प्रदेश पाँचमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर संभावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव काम लाग्ने बताउनु भयो । उहाँले चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास व्यक्त गर्नुभयो ।

राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताउनुभयो । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उहाँले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराउनुभयो । राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गर्नुभयो ।