कार्यकर्ता पक्राउको बिरोधमा नेबिसंघद्वारा चक्काजाम

523

कार्यकर्ता पक्राउको बिरोधमा नेबिसंघद्वारा चक्काजाम

बुटवल, २८ कात्तिक । नेपाल बिद्यार्थी संघले आफ्ना कार्यकर्ता पक्राउको बिरोधमा बुधबार देशभर चक्का जाम गरेको छ । नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको कार्यक्रम अनुसार बिहान ९ देखि १० बजेसम्म देशभर चक्का जाम गरेको हो । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाईको माग गर्दै नेबिसंघले आन्दोलन गर्दै आएको छ ।

काभ्रेका बिद्यार्थी नेता पक्राउको बिरोध गर्दै नेपाल बिद्यार्थी संघ रुपन्देहीले बिहान बुटवलको मिलनचोकमा प्रदर्शन सहित चक्का जाम गरेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका इकाई सभापति महेश शर्माले बताउनु भयो । काभ्रेको तपेश्वरी उच्च माध्यमिक बिद्यालयका इकाई सभापपति कृष्ण ढकाललाई प्रधानमन्त्रीको कार्टुन फेसबुकमा शेयर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका नेताको रिहाईको माग गर्दै नेबिसंघले आन्दोलन गरेको हो । बुटवलमा भएको एक घण्टे चक्काजाम पछि आयोजित कोण सभामा संघका केन्द्रीय सदस्य लेखनाथ भट्टराईले वर्तमान सरकार जनविरोधी भएको आरोप लगाउँदै पक्राउ परेका आफ्ना कार्यकर्तालाई निशर्त रिहा नगरे नेबिसंघले आन्दोलनलाई ससक्त बनाउने चेतावनी दिनुभयो ।

त्यस्तै संघका जिल्ला नेता छाया पोखरेलले विभिन्न बहानामा आफ्नो विचार भन्दा फरक विचार राख्ने सिधा सोझा जनतालाई विभिन्न बहानमा सरकार दुःख दिन लागेको बताउदै पक्राउ परेका विधार्थी नेता ढकाललाई तुरुन्त रिहा गर्न आग्रह गर्नुभयो ।