लुम्बिनी बाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हुँदै

1.2K

लुम्बिनी बाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार हुँदै

बुटवल , कार्तिक । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धानमुलक सेमिनार हुने भएको छ । क्याम्पसले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरेर ब्यवस्थापन विषयलाई पुनःपरिभाषित गराउन सेमिनारको आयोजना गरिएको जानकारी दिएको हो ।

लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा बिकास विभागको आयोजनामा यहि कात्तिको ३० र मंसिर १ गते गरि २ दिनसम्म चल्ने सेमिनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धाताको अनुसन्धानमुलक लेख तथा कृतिहरुको प्रस्तुतीकरण, छलफल र विज्ञहरुको टिप्पणी सहित निश्कर्ष निकालिने क्याम्पस प्रमुख डा. तारा उपाध्यायले जानकारी दिनुभयो ।

सेमिनारमा सेमिनारको प्रकरणमा आधारित बिभिन्न विधामा विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धाताहरुले अनुसन्धानमुलक लेख –रिसर्च पेपर) प्रस्तुत गर्नुहुनेछ । त्यस्तै सेमिनारमा विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापक तथा अनुसन्धाताहरु समेत गरि ३ सय जनाको सहभागिता हुने बताईएको छ । दुई दिनसम्म चल्ने सेमिनारमा २७ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । त्यसमध्ये वटा कार्यपत्र बिद्यार्थीले तयार पारेका प्रस्तुत गरिने छ ।

सेमिनार सम्पन्न गर्नकालागि मुल व्यबस्थापन समिति र त्यस अन्तरगत १४ वटा उपसमितिहरु गठन गरि तयारी भईरहेको कार्यक्रम संयोजक प्राध्यापक गोपालप्रसाद पाण्डेले जानकारी दिनुभयो । प्राध्यापक तथा बिद्यार्थी पनि अनुसन्धान तर्फ केन्द्रित नहुने हो भने अवको शिक्षा कामकाजी नहुने भन्दै शिक्षालाई कामकाजी बनाउनकालागि बिद्यार्थीलाई अनुसन्धानउन्मुख बनाउने उद्देश्यले पनि सेमिनार आयोजना गरिएको क्याम्पस प्रमुख उपाध्याय बताउनु हुन्छ ।

सेमिनारमा भारत, बगंलादेश, पाकिस्तान, भुटान लगायत मुलुकका प्राध्यापक तथा अनुसन्धाता सहभागिता रहने पूर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतमले बताउनु भयो । पत्रकार सम्मेलन क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षतामा भएको थियो ।