कोटिहवा, १ मंसिर । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद इकाई समिति मधवलियाको रजत जयन्ति महोत्सवको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । रजत जयन्तिलाई उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले सरकारले सबै जातजातिको हक अधिकार सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।
तमू ह्यूल छोंज धीं जिल्ला समिति रुपन्देहीका अध्यक्ष विमला गुरुङले राज्यले अझै पनि आदिवासी जनजातीहरुको हक अधिकारको ग्यारेन्टी नगरेको सन्द्र्धभ जोडदै ल्होसारमा सार्वजानिक विदा कटैती गरेकोमा असन्तुष्टी व्यक्त गर्नु भयो । कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १६ का अध्यक्ष झवी भूसाल, नोबल इन्भायरोमेन्ट एकेडेमीका प्रिन्सिपल सुन्दर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा कोटिहवा माँङी बौद्ध विहार देखी विभिन्न जातीय साँस्कृतिक झाँकी, बाजा गाजा सहित ¥याली गर्दै तमू समाज भवन मधवलियामा गएर सभामा परिणत भएको थियो ।
उद्घाटन समारोह समाजका अध्यक्ष संतोक गुरुङको अध्यक्षता, उपाध्यक्ष दिलमाया गुरुङको स्वागत र मोहनसिंह गुरुङले संचालन गर्नु भएको थियो । उद्घाटन समारोहमा समाज घर निर्माण गर्न सहयोग गर्नुहुने ३१ जनालाई कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
आज आईतबार लुम्बिनी अञ्चल अस्पताल तथा जिल्ला अस्पताल भैरहवामा बिरामीलाई फलफुल वितरण, सोमबार खेलकुद र मंगलवार साहित्य कार्यक्रम गर्नुका साथै रजत समारोह समापन गरिने समाजका अध्यक्ष संतोक गुरुङले जानकारी दिनुभयो ।