सवारी दुर्घटनामा दाजुभाईको मृत्यु

335

सवारी दुर्घटनामा दाजुभाईको मृत्यु

बुटवल, ५ मंसिर । बुधबार दिउँसो रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा दाजुभाईको मृत्यु भएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा १८ च ८०१६ नम्बरको हाइलक्स कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दाजुभाईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सैनामैना नगरपालिका वडा नंं १ का ५० बर्षीय तिलबहादुर सुनार र मोटरसाइकल सवार ५६ बर्षीय खेमबहादुर सुनारको मृत्यु भएको संघीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी घाइते भएका दुबै जनाको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पश्चिम नवलपरासीको सुनवल ११ बडेरामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । धनगढीबाट काँकडभित्ता जाँदै गरेको ना ५ ख १०९६ नम्वरको रात्री बस बुधबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । अन्य ३० जना यात्रु घाइते भएका छन् । दुर्घटनामा कञ्चनपुर जिल्ला घर भएका वर्ष ३३ का नेपाली सेनाका जवान लोकेन्द्रबहादुर कार्कीको सनाखत भएको छ भने अर्का मृतक अन्दाजी ४० वर्षीय पुरुषको नाम नखुलेको प्रहरीले जनाएको छ ।