बुटवल ,८ मंसिर/नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले संघिय लोकतान्त्रिक गणतन्त्रको पुर्ण कार्यान्वयनका लागि वर्तमान सरकार नै अनिच्छुक देखिएको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन रुपन्देहीले बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले सिंहदरवारको अधिकार गाउ गाउ पुर्याउने भनियो तर अधिकारजति प्रधानमन्त्रिमा केन्द्रित गर्न लागियो कसरी संघिय गणतन्त्र सस्थागत हुन सक्छ भन्नुभयो ।
उहाले दुई तिहाई बहुमतको सरकारले ९ महिनामा परिणामका हिसावले कुनै काम गर्न नसककेको बताउनु भयो । केसीले कांग्रेस सभापति शेर बहादुर देउवा हुकुमी र निरंकुश बन्न खोजेको र मनपरि निर्णय गरेकोमा आपत्ती जनाउनु भयो ।
पार्टी संस्थामुखी बनाउनुपर्ने भन्दै उहाले ब्याक्तिमुखी निर्णयहरु मान्य नहुने प्रष्ट पार्नुभयो।पार्टी पदाधिकारीमा सामुहिक नेतृत्वमा जानुपर्ने भन्दै उहाले ब्याक्तिमुखी हुदा नेविसंघ पनि संस्थागत हुन नसकेको दाबि गर्नुभयो ।
कांग्रेसको नेतृत्व अहिले समकालिन साथीहरुको बिचमा रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
पार्टी संस्थागत संरचनाको नया युगमा प्रबेश गरेको भन्दै नेता केसीले पार्टीले यो पटक हार ब्यहोर्दैमा उस्को इतिहास,आदर्श,योगदान नसकिने बताउनुभयो ।कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसालको अधक्ष्यतामा उपासभापती कबिन्द्र नेपालको सन्चालनमा भएको थियो