कपिलवस्तुको शुद्धोदनमा अज्ञात समुहद्वाराराजा बाबुको हत्या

418

कपिलवस्तुको शुद्धोदनमा अज्ञात समुहद्वाराराजा बाबुको हत्या

कपिलवस्तु ,८  मंसिर /कपिलवस्तुको शुद्धोदनमा अज्ञात समुहले गोली हानी स्थानीय पिपेन्द्र कुमार चौधरी (राजा बाबु)को हत्या गरेको छ ।
गएराति अज्ञात समुहले जिल्लाको शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा अज्ञात समुहले चौधरीलाई गोली प्रहार गरेको थियो ।
चौधरी गत बर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ९ख० बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार हुनुहुन्थ्यो ।  गोली लागेर गम्भिर घाईते भएका चौधरीलाई लबनी स्थित स्थानिय अस्पतालमा उपचार हुन नसके पछि थप उपचारका क्रममा भैरहवा पुर्याउदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ  । गोली प्रहार भएको स्थानमा गोलीका ३, ४ खोका भेटिएको जनाउदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ