बुटवल, १५ मंसिर । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पा सडक मर्मत सुधारकालागि तीन दिन बन्द गरिने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भुतखोला सडकखण्डमा सोमबारदेखि यहि मंसिर १९ गतेसम्म बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।
त्यस अवधिमा बिहान १० देखि साझ ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यकीय बाहेक अन्य सवारीसाधन पूर्ण रुपमा सञ्चालनमा रोक लगाईएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी पवित्रमणी आचार्यले बताउनुभयो ।
त्यस समयमा बिरामी बोकेका एम्बुलेन्स तथा प्रहरी र दमकल बाहेक अन्य सवारी साधन पूर्ण रुपमा रोकिने उहाँले बताउनु भयो । सडकमा खसेको ढुङ्गा फुटाइ हटाउनुपर्ने, पहिरो हटाउनुपर्ने तथा सडक मर्मत सम्भार गनुपर्ने हुँदा सडक बन्द गर्नु परेको पनि उहाँले बताउनु भयो ।