बुटवल, १८ मंसिर । प्रदेश पाँचका प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश सभाको अधिवेशन यहि मंसिर २६ गतेदेखि आह्वान गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख झाले संविधानको धारा १८३ को उपधारा १ बमोजिम यहि मंसिर २६ गते दिनको १ बजेदेखि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल प्रसाद घिमिरेले मंगलबार जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारको आईतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुसार मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुख उमकान्त झालाई प्रदेश सभा बैठक बोलाउन सिफारिस सहित पत्राचार गरेको थियो ।