फ्रान्सको राजधानी पेरिसमा हमला १२० भन्दा बढीको मृत्यु,राष्ट्रिय बिपत्तिको घोषणा

579

फ्रान्सको राजधानी पेरिसमा  हमला १२० भन्दा बढीको मृत्यु,राष्ट्रिय बिपत्तिको घोषणा

perish

एजेन्सी, कात्तिक २८/फ्रान्सको राजधानी पेरिसको विभिन्न ठाउँमा भएका गाेली प्रहार र बम विस्फोटमा परेर १२० भन्दा बढी मानिस मरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्।स्थानीय समय अनुसार राति ९:३० बजे भएको आक्रमणको केन्द्र बिन्दु पेरिसको एउटा कन्सर्ट हल थियो । आक्रमणकारीले हल भित्र छिरेर दर्शकहरुलाई समात्दै गोलि हानेको जनाइएको छ।  जवाफी कारवाही गरेर सुरक्षाकर्मीले कन्सर्ट हल नियन्त्रणमा लिएका छन्।  नजिकै को एउटा रेष्टुरामा पनि हमला गरेर मानिसहरु माथि गोलि हानिएको छ भने एउटा रंगशाला अगाडी बम बिस्फोट गरिएको छ।आक्रमण पछि  राष्ट्रपति फ्रान्सवा हल्याण्डले राष्ट्रिय बिपत्तिको घोषणा गरेर मुलुक भर सेना परिचालन गरेका छन्। फ्रान्सका अन्तर्राष्ट्रिय सिमाहरु बन्द गरिएका छन्, पेरिसवासीलाई भरसक घर भित्रै बस्न आव्हान गरिएको छ।  आक्रमणको अहिले सम्म कसैले जिम्मा लिएको छैन।