विद्यार्थीले गरेको सडक नाटकले कती दर्सक भाबुक बने , कती रोए पनि

840

विद्यार्थीले गरेको सडक नाटकले कती दर्सक  भाबुक बने ,  कती  रोए  पनि

बुटवल १९ मंसिर । इन्टलेक्च्युअल स्कुलको बाल क्लब र रेडक्रस सर्कलद्वारा महिला हिंसा विरुद्घको सडक नाटक प्रदर्शन गरिएको छ । लैंगिक हिंसा विरुद्घ १६ दिने अभियान अन्तर्गत कक्षा ७, ८ र ९ का विद्यार्थीद्वारा तयार गरिएको सडक नाटक बुटवल ११ स्थित देवसिद्घचोकमा प्रदर्शन गरिएको हो ।

आधा घण्टाको सडक नाटकमा विद्यार्थी कलाकारहरुले महिला पुरुष समान हुन एकले अर्कालाई हिंसा होइन आदर सम्मान र सत्कार गर्नुपर्छ भन्ने जनचेतनामुलक प्रदर्शन गरेका थिए । बालक्लवका अध्यक्ष निरुता पाण्डेको अध्यक्षता, सचिव झरना थापाको संचालन र सिमरन थापाले स्वागतमा सडक नाटक गरिएको थियो ।

नाटक प्रदर्शन पश्चात कार्यक्रमका बुटवल उपमहानगरपालिका ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले साना बालबालिकाले गरेको जनचेतनामुलक नाटकले समाज सुधारमा सकारात्मक भुमिका खेल्ने बताउनु भयो । कार्यक्रममा बिद्यालयका प्रबन्ध निर्देशक रामराज पोख्रेलले विद्यार्थीले गरेको सृजनाको प्रशंसा गर्नुभएको थियो ।

महिला हिंसाका विरुद्घ जनचेतना जगाउने उद्घेश्यले प्रदर्शन गरिएको नाटक अवलोकन गर्न देवीनगरका स्थानिय वासीन्दाको उल्लेख्यनीय उपस्थिति थियो ।