संविधान पुनःलेखनको विकल्प छैन : पालुङ्वा

949

संविधान पुनःलेखनको विकल्प छैन : पालुङ्वा

बुटवल, २२ मंसिर । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वाले सविधानको पुनःलेखन गर्नुको विकल्प नभएको बताउनु भएको छ । अहिलेको संविधान संशोधनले मात्रै जनताका भावनालाई समेट्न नसक्ने भन्दै बहुजातीय समाजलाई समेट्नका लागि संविधानलाई पुनःलेखन गरेर पहिचाननका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं पाँचको प्रथम अधिवेशनको उद्घाटन गर्दै पालुङ्वाले समावेशी र समानुपातिक मर्मलाई बंग्याएर दलहरुले दलीय समानुपातिक प्रणाली बनाएको आरोप लगाउनु भयो । ‘समावेशी र समानुपातिक प्रणाली जनताले महसुस गर्न नपाएकोमा दुःख लागेको छ, दलहरुले यसलाई दलीय भागबण्डामा सिमित राखे’ उहाँले भन्नुभयो ।

सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव टोप अस्लामी, सचिव बालकृष्ण खनाल, केन्द्रीय सदस्य तथा भूपू सैनिक अध्यक्ष भीमबहादुर राना, नेपाल कम्युनिष्ट पार्टीका महाधिवेशन प्रतिनीधि नारायण भट्टराई, नयाँ शक्ति पार्टी नेपाल प्रदेश पाँच संगठन विभाग प्रमूख यज्ञ पोखरेल, विवेकशिल साझाका प्रदेश पाँच सचिवालय सदस्य हरिकृष्ण अधिकारी लगायतले बोल्नु भएको थियो ।

पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश पाँच इन्चार्ज डा. हाजी मोहमद हसनको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय उपाध्यक्ष तथा महिला इन्चार्ज होमाया गुरुङको स्वागत तथा सचिव केवी पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस अंगाडी बुटवल मण्डपबाट ¥याली प्रदर्शन गर्दै ट्राफिक चोकमा पुगेर सभा गरिएको थियो । दुइदिनसम्म चल्ने अधिवेशनको बन्दशत्र मंगलापुर पार्टी कार्यालयमा हुने पार्टीले जनाएको छ । अधिवेशनकालागि प्रदेश पाँचको १२ जिल्लाबाट ३ सय प्रतिनिधि तथा प¥यवेक्षक सहभागी भएको पनि सो पार्टीले जनाएको छ ।