पेरिस आक्रमण आईएसले जिम्मा लियो

430

पेरिस आक्रमण आईएसले जिम्मा लियो

perish

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा भएको आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट आईएसले लिएको छ ।शुक्रबार राति पेरिसमा भएको आक्रमणमा १२८ जनाको मृत्यु भएको छ । यसलाई विश्वयुद्धपछि अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ ।आईएसले फ्रान्सेली र अरविक भाषामा लिखित र अडियोमार्फत जारी गरेको वक्तव्यमा पेरिस आक्रमण आफूले गराएको दाबी गरिएको छ । फ्रान्सको राजधानीको मुटुमा भएको आक्रमणमा विस्फोटक कपडा र आठ लडाकू प्रयोग भएको समेत उसले बताएको छ ।आईएसले पेरिसलाई घृणा र विकृतिको राजधानीको संज्ञा समेत दिएको छ । फ्रान्सेली अधिकारीहरुका अनुसार आठ आक्रमणकारी मारिएका छन्, जसमा सात आत्मघाती आक्रमणकारी थिए ।फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा ओलान्डले पेरिस आक्रमणलाई इस्लामिक स्टेटको युद्धको घोषणाको संज्ञा दिएका छन्  । र चरमपन्थीसँग निर्ममतापूर्वक लड्ने बताएका छन् ।