शुक्रबार हुने ईञ्जिनियरिङ् एशोसियशनको निर्वाचनको तयारी पुरा

1.3K

शुक्रबार हुने ईञ्जिनियरिङ् एशोसियशनको निर्वाचनको तयारी पुरा

बुटवल, २५ मंसिर । नेपाल ईञ्जिनियरिङ् एशोसियशनको ३२ औं राष्ट्रिय कार्यकारिणी समिति तथा पहिलो प्रदेश समितिकालागि भोली शुक्रबार देशभर निर्वाचन हुँदैछ । नेतृत्वकालागि लोकतान्त्रिक समुह र प्रगतिशिल समुह गरी दुई प्यानल चुनावी मैदानमा छन् । निर्वाचनकालागि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ ।
चुनाव नजिकिँदै गर्दा राष्ट्रिय कार्यकारिणी समिति र प्रदेश समितिको नेतृत्व हत्याउनकालागि दुबै समुह तिब्र प्रचार प्रसारमा छन् । केन्द्रीय समिति र प्रदेश समितिका लागि हुने निर्वाचनमा देशभरका २० हजार इञ्जिनियर सहभागि हुनेछन् ।
अहिलेसम्म दुई पटक मात्रै नेतृत्व गरेको एमाले माओवादी समर्थित ईञ्जिनियरहरुको प्रगतिशिल सुमह दुई पार्टी एक भएपछि केही बलियो महसुस गरेको छ भने दुई पटक बाहेक सधै नेतृत्वमा रहेको नेपाली काँग्रेस समर्थित लोकतान्त्रिक समुहले यस पटक पनि आफ्नो वर्चश्व कायमै राख्ने दाउमा छ ।
लोकतान्त्रिक समुहबाट प्रा. डा. हिरेन्द्रमान प्रधानको नेतृत्वमा चुनावी मैदानमा छ भने प्रगतिशिल समुह प्रा. डा. त्रिरत्न मानन्धरको नेतृत्वमा चुनावी प्रचारमा छ ।
लोकतान्त्रिक समुहको नेतृत्व गर्नुभएका प्रधानको समुहबाट उपाध्यक्षमा डा. चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यु लाल सिंह, उपमहासचिव अशोककुमार शाह, कोषाध्यक्ष अपिल केसी र सह–कोषाध्यक्षमा जानुका थापा चुनावी मैदानमा हुनुहुन्छ । त्यस्तै प्रगतिशिल समुहको नेतृत्व गर्नुभएका बज्राचार्यको समुहबाट उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ हुनुहुन्छ ।
पहिलो पटक संघीय संरचना अनुसार चुनाव हुन लागेकाले सबै प्रदेशमा पनि प्रदेश समितिको पनि शुक्रवार नै निर्वाचन हुदैछ । सोही अनुसार प्रदेशमा पनि दुई समुह चुनावी मैदानमा छन् ।
प्रदेश पाँचमा लोकतान्त्रिक समुहबाट कुशुमराज ज्ञवाली र प्रगतिशिल समुहबाट छविन्द्र भट्टराईको नेतृत्वमा दुई प्यानल चुनावी मैदानमा छ ।
कुशुमराज ज्ञवालीले नेतृत्व गर्नुभएको लोकतान्त्रिक प्यानलबाट प्रदेश उपसभापतिमा निवेशकुमार शर्मा, सचिवमा बिश्व रञ्जन मिश्र, सहसचिवमा यादव नेपाल, कोषाध्यक्षमा अमित खनाल र सदस्यमा दिपकजंग चौधरी, तुल्सिराम पौडेल, महेश्व लम्साल, धर्मराज भट्टराई, सुर्यदेव गुप्ता, सुरज केसी, बिनोद पन्त, सुजता ढकाल, प्रबिणराज भण्डारी, बिष्णुचन्द्र पौडेल मैदानमा हुनुहुन्छ । यस समुहले केन्द्रीय सदस्यमा पारश खडकालाई उठाएको छ ।
त्यस्तै प्रगतिसिल समुहबाट उपसभापतिमा रामधन श्रेष्ठ, सचिवमा अच्युतराज तिमल्सीना, सहसचिवमा भेषराज भुषाल, कोषाध्यक्षमा दिपक भट्टराई र सदस्यमा रामु श्रेष्ठ, दिपक कुवर, राकेश पाण्डे, किरण काफ्ले, अरुण खनाल, पदमप्रसाद पोखरेल, अनिल चौधरी, प्रभा पाण्डे, भुपेन्द्र वली चुनावी मैदानमा हुनुहुन्छ । यस समुहले केन्द्रिय सदस्यमा खुमलाल बिसीलाई उठाएको छ ।
अधिवेशनकालागि प्रदेश पाँचको बुटवल, दाङ् र नेपालगञ्जमा निर्वाचन केन्द्र निर्धारण गरिएको छ । यी तिनवटा केन्द्रबाट ७८० जना ईञ्जिनियरले मतदान गर्नेछन् । निर्वाचनको सम्पूण तयारी पुरा भएको निर्वाचन अधिकृत रतनलाल अग्रवालले जानकारी दिनुभयो । शुक्रबार हुने निर्वाचनमा मतदानकालागि छुट्टै परिचय पत्रको व्यबस्था मिलाईएको छ । मतदान गर्न जाँदा लिनुपर्ने परिचय पत्र मंगलबार र बुधबार वितरण गरिने बताईएको छ ।