चितवन र म्याग्दीका दुर्घटनामा ५ जनाको मृत्यु

541

चितवन  र म्याग्दीका दुर्घटनामा   ५ जनाको मृत्यु

chitwan

बुटवल /पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना १३ च ३२१५ नंको कारको ठक्करले दुई पैदलयात्रीको ज्यान गएको हो ।उक्त दुर्घटनामा कारको ठक्करबाट राप्ती नगरपालिका–८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।ठक्करबाट घाइते भएकी सोही ठाउँकी ३२ वर्षीया जानुका कोइरालाको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक भने नरहेको प्रहरीले बताएको छ । ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार छन् त्यसैगरी म्याग्दीको थामडाँडामा यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अन्य ६० यात्रु घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर छ ।बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको बस थामडाँडाँको रत्नेखोलामा शनिबार बिहान पौने ११ बजे दुर्घटना भएको थियो ।दुर्घटनामा दुई बालक र १९ वर्षीया एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विमल उपाध्यायले जानकारी दिए । मृतकको सनाखत भएको छैन । शवलाई जिल्ला अस्पतालमा राखिएको छ ।गम्भीर अवस्थाका केही घाइतेहरुलाई पोखराका अस्पतालमा रिफर गरिएको छ ।