सरस्वती विद्यालयलाई एक करोड बढी सहयोग

937

सरस्वती विद्यालयलाई एक करोड बढी सहयोग

सरस्वती विद्यालयलाई एक करोड बढी सहयोग

Saraswati Mabi 

गुल्मी, २ पुस । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आईतबार पुर्णाहुति गरिएको छ । विद्यालय ६० औँ वर्षमा प्रवेश गरेको उपलक्षमा विद्यालयको सर्वाङ्गीण विकासका लागि मङ्सिर २२ देखि पुस १ गतेसम्म हीरक महोत्सवसंगै महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।

महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड पाँच लाख बढी सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

विद्यालयको सर्वाङ्गीण विकासका लागि आर्थिक स्रोत जुटाउन महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना गरिएको वडा अध्यक्ष समेत रहनुभएका महोत्सव मूल आयोजक समितिका संयोजक दानवहादुर रानाले बताउनु भयो ।

महायज्ञमा लिम्घा वासी तथा रोजगारी र ब्यवसायको शिलशिलामा लिम्घा बाहिर रहेका ब्यक्तिहरुले दिल खोलेर सहयोग गरेको महोत्सवका सह संयोजक डिल्लीराज भट्टराईले जानकारी दिनुभयो ।

महायज्ञमा सबैभन्दा बढी जगन्नाथ ज्ञवालीले ७ लाख ७७ हजार ७ सय ७७, कृष्ण ज्ञवालीले ५ लाख ७५ हजार ५५५, न्यू होराजन उच्च माविका प्राचार्य लोकनाथ उपाध्याय र उहांको परिवारले ५ लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्नुभएको छ ।

यस्तै शँकर ज्ञवालीले ३ लाख रुपैयाँ बरावरको शैक्षिक सामाग्री र १ लाख ११ हजार १११ रुपैयाँ अगद सहयोग गर्नुभएको महोत्सवका संयोजक रानाले जानकारी दिनुभयो ।

९ दिनसम्म चलेको महोत्सव तथा महायज्ञमा पण्डित बाल योगेश्वर महाराजले कथा वाचन गर्नुभएको थियो ।

हाल कक्षा ४ सम्म अँग्रेजी माध्यममा पढाई भईरहेको र यसलाई कक्षा १० सम्म लागुगर्ने लक्ष्य सहित काम भैरहेको विद्यालयका प्राचार्य भूपलाल ज्ञवालीले जानकारी दिनुभयो । उहांका अनुसार उच्च शिक्षा अन्तर्गत १२ कक्षामा शिक्षा शास्त्र विषयमा पढाई भईरहेको र प्राविधिक शिक्षा संचालन गर्ने मुख्य उद्देश्यले आर्थिक स्रोत जुटाउन महोत्सवसंगै महायज्ञको आयोजना गरिएको हो