इन्धनका ५२ गाडी भित्रिए बेलहिया भन्सारबाट

इन्धनका ५२ गाडी भित्रिए बेलहिया भन्सारबाट

Bhairahawa-Naka

भैरहवा/ बेलहिया भन्सारबाट आइतबार एकैदिन इन्धन बोकेका ५२ वटा गाडी नेपाल भित्रिएका छन् ।भारतीय सुनौली भन्सारले आइतबार १८ वटा ग्यास बुलेट र ३४ वटा डिजेलका गाडी छाडेको बेलहिया भन्सारका अधिकृत राजन ओलीले जानकारी दिए ।रक्सौलबाट रि-रुटिङ गरी ल्याइएका ग्यास बुलेट वीरगञ्ज घटनापछि सुनौलीमै रोकिएका थिए ।भारतको सुनौली भन्सारले लामो समयदेखि अलपत्र परेका सबै मालबाहक गाडीलाई सोमबारसम्म पास गरिसक्ने आश्वासन पनि दिएको बेलहिया भन्सारले जनाएको छ । शुक्रबारदेखि सुनौली भन्सारले सवारीको जाँचपास खुकुलो बनाएको थियो ।

भैरहवाबाट आइतबार झण्डै २ सय भन्दा बढी मालबाहक गाडी नेपाल आएका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •