प्रधानमन्त्री ओलीको देशबासीका नाममा सम्बोधन -सीमांकनमा हेरफेर गर्न सकिने

405

प्रधानमन्त्री ओलीको  देशबासीका नाममा सम्बोधन -सीमांकनमा हेरफेर  गर्न सकिने

Kp-oli2

काठमाडौं,/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सीमांकन आवश्यकता र अनुभवका आधारमा परिर्माजन गर्न सकिने बताएका छन्। आइतबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै उनले आवश्यकता र औचित्यका आधारमा सीमांकन हेरफेर गर्न सकिने बताएका हुन्। ‘संविधान गतिशील दस्तावेज हो, जनचाहना, राष्ट्रिय हित र औचित्यका आधारमा संविधान संशोधन हुन सक्दछ,’ उनले राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आवश्यकता र औचित्यका आधारमा सिमांकन हेरफेर गर्न सकिन्छ ।’उनले आन्दोलनरत दलहरुको समझदारीका आधारमा संविधान संशोधन विधेयक अघि बढाउन र प्रादेशिक सीमाबारे छलफल गर्न सकिने बताए।उनले दलहरुबीच राजनीतिक सहमतिलाई संविधान संशोधनमार्फत संवैधानिक व्यवस्था गरिने भन्दै वार्तालाई निष्कर्षमा पुर्‍याउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन्। उनले जुन समुदाय र क्षेत्रका लागि भनेर आन्दोलन गरिएको, उनीहरुले नै बढी दुःख पाएको बताए ।प्रधानमन्त्री ओलीले भारतले गरेको अघोषित नाकाबन्दी अमानवीय भएको भन्दै आन्तरिक समस्या समाधन गर्न नेपाल सक्षम रहेको दाबी गरे। ग्यासको निर्भर्ता कमि गर्दै लैजाने प्रधानमन्त्री ओलीले बताएका छन्। आइतबार साँझ सम्बोधन गर्दै ओलीले सोर्यउर्जालाई अगाडि बढाउँदै एक वर्ष भित्रमा २ सय मेगावाट विद्युत उत्पादन गरी मेन प्रशारण लाइनमा जोडिने बताए। यस्तै फोहोरबाट उर्जा उत्पादनको लागि ठोष अध्ययन अगाडि बढाइने जानकारी दिए। यस्तै तत्काल उपत्यकामा मेट्रो रेल सञ्चालनको लागि अध्ययन सुरू गरिसकेको बताए।उनले विद्युतीय सवारी साधन प्रयोग बढाउने भन्दै यसका लागि प्रोत्साहन गरिने बताए। उनले  पेट्रोलियम पद्धार्थको मौज्दात क्षमता बढाउने बताए। उनले स्वदेशी उत्पादन बढाउने भन्दै स्वदेशी सामानको प्रयोगमा प्रोत्साहन दिने बताए। यस्तै पूर्वपश्चिम राजमार्ग ४ लेन बनाइने बताए। भूकम्पडितका लागि उनले तत्काल २ लाख रकमको पहिलो किस्ता उप्लब्ध गराइने बताए।