डिएलए पुनःएकीकरण

1.3K

डिएलए पुनःएकीकरण

599869_430049393717374_941984098_nकाठमाडौँ, /दुई वर्षअघि नेपालगन्जमा भएको महाधिवेशनमा टुक्रिएको नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पुनःएकीकरण भएको छ ।

अधिवक्ता गोपालकृष्ण घिमिरे र अधिवक्ता भरतप्रसाद खरेलद्वारा नेतृत्व गरिएका एउटै नाम दिइएको डिएलए मङ्गलबार एकीकरण भएको हो ।

एकीकरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा कानुन व्यवसायी एकजुट भई सङ्कटलाई समाधान गर्नेतर्फ लाग्नुपर्ने खाँचो औँल्याउनुभयो ।

उहाँले कानुनको शासनको वकालत गर्ने कानुन व्यवसायी नै फुटको कारक बन्दा अन्य क्षेत्रलाई पनि असर गर्ने भएकाले यसतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

डिएलए एकीकरण हुँदा अधिवक्ता घिमिरेले आगामी फागुन १ गतेसम्म नेतृत्व गर्ने र त्यसपछि अधिवक्ता खरेलले हाँक्ने सहमति भएको र अब डिएलएलाई कसैले पनि फुटाउन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले अब कसैले पनि विगतमा भएका कमीकमजोरीलाई नदोहो¥याई एक ढिक्का भएर अघि बढ्नलाई डिएलए सम्बद्ध सबै कानुन व्यवसायीलाई आग्रह गर्नुभयो ।

अधिवक्ता खरेलले आगामी दिनमा सबै कानुन व्यवसायीले एक भई नेपाल बार एसोसिएसनको आगामी चुनावमा डिएलएलाई जिताउनुपर्ने खाँचो भएको बताउनुभयो ।

सो अवसरमा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का अधिवक्ताहरु बाबुराम कुँवर, यदुनाथ खनाल, शेरबहादुर केसीलगायतले डिएलए अब एक भई अगाडि बढ्ने बताउनुभयो ।