अखिल (क्रान्तिकारी)ले बुटवलमा मनायो माओ दिवश

1.5K

अखिल (क्रान्तिकारी)ले बुटवलमा मनायो माओ दिवश


बुटवल,११ पुस । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी्निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६औं माओदिवसको अवसर पारी विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ ।

बुटवलको राजमार्ग चौराहादेखी ट्राफिकचोकसम्मको ¥याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुबाट विद्यार्थीहरु उपस्थित रहेको सो सभामा निर्मला पन्तको हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो ।

¥यालीपछिको विशाल विद्यार्थी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य भेषराज भुषालले पछिल्लो समय युवा र विद्यार्थीहरुमा राजनीतिप्रति वितृष्णा पैदा हुँदै गएको भन्दै यसले दलाल राजनीतिज्ञहरुलाई फाईदा पुग्ने हुँदा सबैलाई राजनीतिप्रति र देशका गतिविधिप्रति चनाखो हुन अनुरोध गरे । उनले चिनियाँ क्रान्तिको महान् नेता माओत्से तुङ्गलाई स्मरण गर्दै उनी गरिव परिवारका मान्छे राजनीतिमा लागेर चिनजस्तो देशलाई जापानी साम्राज्यवादबाट उन्मुक्ति दिलाएर राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्तीको यात्रा अगाडी बढाएको भन्दै नेपाली क्रान्तिलाई पनि नेपालको मौलिकतामा रहेर राष्ट्रिय स्वाधिनता र वर्गीय मुक्तीको लागि एकिकृत जनक्रान्ति अगाडी सारिएको बताए ।

उनले आगामी क्रान्तिको यात्रामा युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै सबैले आआफ्नो क्षेत्रबाट क्रान्तिको तयारीमा लाग्न अनुरोध गरे ।यस्तै अखिल(क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकालले आफूहरुले पटकपटक शान्तिपूर्ण आन्दोलनहरुको नेतृत्व गरिरहेको र सरकारले बन्दुकको डर देखाउँदै विद्यार्थी आन्दोलन निस्तेज पार्न नसक्ने र आफूहरुले बन्दुकसँग समेत लड्न तयार रहेको बताए ।

उनले बैज्ञानिक समाजवादी शिक्षा चाहिने भन्दै बैज्ञानिक, व्यवहारीक र रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । धेरै काम गर्ने जनताहरु नै धेरै गरिब रहेकोले यो असमानता हटाएर बैज्ञानिक समाजवाद ल्याउन विद्यार्थीहरुको महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

यस्तै सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका ईन्चार्ज संगम पुनले संसदीय व्यवस्थाको आयू सकिएको र दलालहरुले लुटिखानेको लागि यो व्यवस्थालाई साम्राज्यवादी र विस्तारवादीसँग सम्झौता गरिरहेको भन्दै यसको विकल्पमा बैज्ञानिक समाजवाद ल्याउनुको लागि निर्णायक लडाई लड्न आवश्यक रहेको बताए ।

,