ट्रकको ठक्कर बाट मोटरसाईकल चालकको मृत्यु

859

ट्रकको ठक्कर बाट मोटरसाईकल चालकको मृत्यु


बुटवल, १४ पुस । रुपन्देहीको मणिग्राममा भएको सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।

बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको बा ९९ प ४३७० नम्बरको मोटर साईलकलाई भैरहवाबाट बुटवल तर्फ जाँदै गरेको ना ५ ख ६६७० नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाईकल चालक रुपन्देही तिलोत्तमा ७ का २६ वर्षीय सुरेन्द्र कंडेलको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्डमा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राममा भएको ट्रकको ठक्करबाट गम्भिर घाईत कंडेलको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ठक्करदिने ट्रक तथा चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय मंगलापुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।