बुटवलमा सडक खाना महोत्सव सुरु

761

बुटवलमा सडक खाना महोत्सव सुरु


बुटवल १५ पुस । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा बुटवलमा सडक खाना महात्सव आयोजना गरेको छ । सडक खाना महोत्सवको प्रदेश सरकारका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले आन्तरिक तथा वाह्य पर्यटकलाई बुटवलमा भित्र्याउनकालागि र यस क्षेत्रको खानपानकाका वारेमा जानकारी गराउन सडक खाना महोत्सवले महत्वपूण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

आईतबार र सोमबार दुई दिनसम्म सञ्चालन गरिने सडक खाना महोत्सवमा जातिगत रुपमा थारु, मगर,थकाली, गुरुङ,क्षेत्री,नेवार समुदायका खानाका परिकाहरु सडकमै पकाएर खुवाईने संघका अध्यक्ष समुन्द्र जिसीले जानकारी गराउनु भयो । सडक खाना महोत्सवमा जातीगत बाहेक इण्डियन, चाईनिज,जापानिज, इटालियन र थाई खाना तथा अन्य ५० बढी खानाका परिकार राखिएको उहाँले जानकारी गराउनु भयो ।

‘पर्यटकको स्वागत सत्कार हाम्रो शान,पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं सडकमै रमाऔं’ भन्ने नाराका साथ बुटवलको मिलनचोक तिनकुनेदेखि जागरण चोकसम्मको सडकमा होटल व्यबसायीले स्टल सजाएका छन् । सडकलाई सिगारिएर मनमोहक बनाईएकोले दर्शकहरुको मन लोभ्याउने विश्वास आयोजकले लिएका छन् ।
महोत्सवको उदघाटन समारोहमा प्रदेस सभा सदस्य दधिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, होटल व्यवसायी महासंघका सस्थापक अध्यक्ष माधव नेपाल,उद्योग व्यापार संगठनकी केन्द्रीय सदस्य गीता अन्जान, नेकपाका नेता गोपाल भट्टराई, बावुराम पन्थी, नेपाली काँग्रेसका खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजू, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्ल लगायत शुभकामना सहित निरन्तरताको शुभकामना दिनुभएको छ ।

सडक खाना महोत्सवको उद्घाटन पूर्व बुटवलमा बिभिन्न जातजाती भेष भुसा सहितको प्रचारात्मक ¥याली प्रदर्शशन गरिएको थियो । सडक खाना महोत्सवमा करिब ५० हजार दर्शक भित्र्याउने र १० लाख बढीको कारोवार गर्ने आयोजक होटल तथा रेष्टुरेन्ट व्यबसायी संघले अपेक्षा लिएको छ । सडक खाना महोत्सवको भित्र यस क्षेत्रको होटलको आवासमा २० प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यबस्था मिलाईएको संघका महासचिव माधवकुमार खनालले बताउनु भयो ।
महोत्सवमा खानाका परिकारसंगै बिभिन्न कला संस्कृति झल्कीने सांस्कृतिक प्रस्तुत, हास्यव्यङ्ग्य कार्यक्रम तथा डिजे ब्राण्डको प्रस्तुती रहने पनि उहाँले जानकारी गराउनु भयो ।