‘प्रदेश नं. ५ प्रशासकीय कार्यबिधि सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक प्रमाणिकरण

625

‘प्रदेश नं. ५ प्रशासकीय कार्यबिधि सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक प्रमाणिकरण

बुटवल, १९ पुस । यहि पुसको ९ गते प्रदेश पाँच प्रदेश सभाबाट पारित भएको विधेयक प्रमाणिकरण भएको छ । उक्त प्रदेश सभाले ‘प्रदेश नं. ५ प्रशासकीय कार्यबिधि (नियमित गर्ने) सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’ पारित गरेको थियो । उक्त बिधेयकलाई बिहिबार प्रदेश प्रमुख उमाकान्त झाले प्रमाणिकरण गर्नुभएको हो ।
संविधानको २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख झाले प्रमाणिकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी माधव घिमिरेले प्रेस विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।