मर्चवारमा कार्यालय सार्ने विषयमा विवाद हुँदा तालवन्दी

1.3K

मर्चवारमा कार्यालय सार्ने विषयमा विवाद हुँदा तालवन्दी

भैरहवा, १९ पुस । मर्चवारी गाउँपालिकाको कार्यालय भवन सार्ने विषयमा असन्तुष्ट स्थानीयले विहिवार विहान गाउँपालिकाको कार्यालय घेराऊ गर्दै तालावन्दी गरिदिएका छन् ।
संघीय मामिला तथा स्थानीय मन्त्रालयले सुरुमा मर्चवारी गाउँपालिकाको केन्द्र रायपुरमा तोकी त्यहीबाट हालसम्म काम कार्वाही हुदै आएको थियो । बुधवार गाउँपालिकाको बोर्डको बैंठकले बहुमतको आधारमा हाल रहेको वडा नं. ३ बाट वडा नंं ४ मा सार्ने निर्णय गरेसंगै विवाद सुरु भएको छ ।
बोर्डको निर्णयप्रति असन्तुष्ट जनाउने पक्षले कार्यालय घेराऊ गर्नुका साथै तालवन्दी गरी भवन अगाडी सडकमा टायर बालेर विरोध प्रर्दशन गरेका स्थानीय एवं पुर्व विधायकका प्रत्यासी कनैया वनियाले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष केशव नन्दन वनियाले बोर्डले कार्यालयको नयाँ भवन ४ नंं वडामा बनाउने निर्णय गरिएकोले यसक्षेत्रका स्थानीयमा असन्तुष्टी देखिएको वताउनुभयो । भवन धेरै सानो र वरिपरी घर भाडामा लिएर दुःखसंग काम चलाउदै आएका छौं । खुला र पायक पर्ने ठाउँमा व्यवस्थितढंगले कार्यालय संचालन गर्नका लागि भवन बनाउने ठाउँ खोजिरहेकोमा बोर्डको वहुमतले ४ नं. वडालाई छनोट गरेको अध्यक्ष बनियाले जानकारी दिनुभयो ।