काँग्रेसको बिरोध सभालाई व्यबस्थित गर्न तरुण दलले भुमिका खेल्ने

1K

काँग्रेसको बिरोध सभालाई व्यबस्थित गर्न तरुण दलले भुमिका खेल्ने

बुटवल, पुस । प्रदेश पाँचको राजधानी यथावत रुपमा स्थायी बनाउनु पर्ने माग सहित नेपाली काँग्रेसले आयोजना गरेको प्रदर्शन तथा सभालाई सभ्य र व्यबस्थित गर्न नेपाल तरुण दल रुपन्देहीले भूमिका खेल्ने निर्णय गरेको छ ।
नेपाल तरुण दल रुपन्देहीको शुक्रबार बसेको बैठकले मातृ पार्टीले आयोजना गरेको प्रदर्शन सहितको सभालाई व्यबस्थित बनाउनकालागि कृयाशिल हुन पनि आम तरुणलाई आह्वान गरेको नेपाल तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले जानकारी दिनुभयो । नेपाली काँग्रेसले प्रदेश सरकारले राजधानी सार्नकालागि षड्यन्त्र गरेको भन्दै पूर्ववर्ती सरकारले गरेको निर्णय अनुसार नै बुटवलमा प्रदेश राजधानी तोक्न र यथासिघ्र प्रदेशको नामाकरण गर्न माग गर्दै आगामी माघ ३ गते बुटवलमा प्रदर्शन सहित सभा गर्न लागेको छ ।
तरुण दल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ्को अध्यक्षतामा बसेको बैठकमा जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्य, क्षेत्रीय सभापतिहरु, नगर तथा गाउँपालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।