बुटवल, माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार सर्वसत्तावादको बाटोमा अंगाडी बढेको आरोप लगाउनु भएको छ । उहाँले संवैधानिक आयोगहरु गठन गर्दा संविधानिक परिषदले गर्नुपर्ने भएपनि सरकारले सोमबार बिभिन्न आयोगहरु गठन गर्दा प्रमुख प्रतिपक्षी दलका नेता बिना नै गरेकाले सरकार सर्वसत्तावादको बाटोमा अंगाडी बढेको पुष्टि भएको दावी गर्नुभयो । उहाँले लोकतन्त्रले काम गर्न कठिनाई भयो भन्ने नेकपामा अध्यक्ष पुष्पकमल दाहालको भनाई र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आयोग गठनको निर्णयले सरकार लोकतन्त्रको भ¥याङ् चढेर लोकतन्त्रकै घाटी निमोठ्ने काम गरेको बताउनु भयो । नेता पौडेलले सरकारको उक्त निर्णयले प्रजातान्त्रिक पद्धतीमा समेत प्रहार भएको उल्लेख गर्नुभयो ।

प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको ‘लोकतान्त्रिक संस्कार र बिचार’ विषयक प्रवचन तथा ‘बिचार’ स्मारिकाको बिमोचन कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता पौडेलले पार्टी कार्यकर्तालाई पौडेल र देउवा काँग्रेस छोडेर नेपाली काँग्रेस बन्न पनि आग्रह गर्नुभयो । ‘तपाईहरु पौडेल काँग्रेस पनि छोड्नुहोस्, देउवा काँग्रेस पनि छोड्नुहोस्, नेपाली काँग्रेस बन्नुहोस् ।’ कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘मुल मुद्धा र विषय मिल्दा मिल्ने हो, नमिल्दा बहस हुन्छ ।’
उहाँले पार्टी नेतृत्वलाई निर्धारित समयमा नै पार्टीको १४ औं महाधिवेशन गर्न आग्रह गर्नुभयो । उहाँले उम्मेदवारी छनौटमा भएको कमजोरीका कारण पार्टीले चुनाव हारेको बताउँदै अव त्यो गल्ती गर्न नहुने बताउनु भयो । उहाँले महासमितिबाट पार्टीलाई लोकतान्त्रिकरण र समावेशी बनाउने विधान बनाएको बताउँदै नेतृत्वले व्यबहार, आचरण, कार्यशैलीमा अझै पनि सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीलाई ठिक बाटोमा अंगाडी बढाउनकालागि नैतिक जिम्मेवारी बहन गरि समयमा नै १४ औं महाधिवेशन गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद, संसदीय व्यबस्था, स्वतन्त्र न्यायालय, नागरिकको मौलिक अधिकार, प्रेस स्वतन्त्रता लगायतका कुराहरु समेटेर संविधान निर्माण भएको बताउँदै संविधान निर्माणमा पार्टीको सिद्धान्तले जितेको र पार्टीको सिद्धन्तलाई जिताउन ठूलो संघर्ष गर्नु परेको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष केदारनरसिंह केसीले कांगे्रस लोकतान्त्रि शक्ति भएपनि प्रजातान्त्रिक संस्कार र संस्कृति बचाउन नसकेको बताउनु भयो । उहाँले मुलुकको राजनीति २०५१÷०५२ मा फर्केको बताउनु भयो । २०५१ मा एमालेको सरकार रहेको र काँग्रेस प्रमुख प्रतिपक्षि दल हुँदा माओवादीले विद्रोहको सुरुवात गरेको बताउँदै उहाँले अहिले पनि ठिक त्यहि रुपमा रहेको उल्लेख गर्नुभयो । अहिले नेकपाले सरकार चलाउँदै गर्दा काँग्रेस प्रमुख प्रतिपक्षि दलको रुपमा रहेको र नेत्रविक्रम चन्द्र विप्लबको पार्टीले विद्रोहको काम गरिरहेको उल्लेख गर्नुभयो ।
भाषणले पार्टी अंगाडी बड्न नसक्ने बताउँदै बिचार र सिद्धान्त अपरिहार्य रहेको बताउनु भयो । उहाँले प्रजातान्त्रिक बिचार समाज ४४ जिल्लामा शाखा स्थापित भईसकेको बताउँदै ७७ वटै जिल्लामा शाखा विस्तार हुने पनि जानकारी गराउनु भयो । उहाँले समाजले विचार शिद्धान्त विमर्स गर्ने र पार्टीलाई वाचडगको रुपमा काम गर्ने बताउनु भयो । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले काँगे्रसलाई आचरण, व्यवहार र संस्कारमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो । उहाँले नेताहरु जनताको अभिभावक बन्न नसकेको उल्लेख गर्दै सीमा मिचिदापनि नेता बोल्न नसक्दा देश कमजोर भएको उल्लेख गर्नुभयो । काँगे्रसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले कांगे्रसको विचारलाई कसैले हराउन नसक्ने बताउँदै कम्युनिष्टसंग कांगे्रसलाई तुलना गरेर लोकतन्त्र बलियो नहुने बिचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा युवा नेता देवराज चालिसे, नेपाली कांगे्रस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, पाल्पाका सभापति तथा प्रदेश सभा सदस्य बिरबहादुर राना, रमा अर्याल, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल लगायतले भनाई राख्नुभएको थियो । प्रजातान्त्रिक बिचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता र सचिव डिल्लीनारायण पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो । त्यस अवसरमा प्रजातान्त्रिक विचार समाज रुपन्देहीले प्रकाशन गरेको ‘विचार स्माररिका–२०७५’को समेत वरिष्ठ नेता पौडेलले विमोचन गर्नुभएको थिया