बुटवल / नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । हिजो राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।
डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ । डा. केसी २४ दिनदेखि अनसनमा हुनुहुन्छ भने उहाको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।
डा.केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले आज शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
चिकित्सक संघले डा.केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।
प्रदेश नम्वर ५ मा पनि बिहानदेखि नै चिकित्सकहरुले निजी क्लिनिकमा समेत बिरामीहरुले चेक जाच गरेका छैनन । सबै अस्पताल, स्वास्वास्थ्य सस्थामा आज आकस्मिक बाहेकका सेवा ठप्प पार्ने उनीहरुले बताएका छन ।
चिकित्सकहरुले सरकारले जनसरोकारको बिषयलाई बेवास्ता गरेका कारण यस्तो कठोर निणर्य गर्नु परेको बताएका छन ।
प्रदेश ५ का सबै चिकित्सकहरु एकमत भएको र बिहान क्लिनिकमा समेत चेक जाच नगरेको नेपाल मेडिकल काउन्सीलका केन्द्रिय सदस्य समेत रहनु भएका बरिष्ठ चिकित्सक डा.कृष्ण खरेलले जानकारी दिनुभयो ।
उहाले अन्य सेवा ठप्प भएपनि आकस्मीक कक्ष सुचारु हुने र गम्भिर रोग तथा प्रकृतिका बिरामीहरुको उपचार भने जुन सुकै ठाउमा पनि चिकित्सकहरुले गर्ने बताउनु भयो ।
उहाले चिकित्सकको आन्दोलन आफना हक अधिकारका लागि नभई डा. केसीको जीवन रक्षा र आम नागरीककलाई सुलभ तथा सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन भएकाले यो आन्दोलनलाई सबै नागरीकको आन्दोलनका रुपमा लिन आम नागरीकमा गर्नु भएको छ ।

