बुटवल, माघ । सरकारले कृषि क्षेत्रमा दिने अनुदान र बैक तथा बित्तिय सस्थाले गर्ने लगानी किसानको खेत तथा गोठसम्म प¥याउन आग्रह गरिएको छ । ‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नाराका साथ बुटवल मण्डपमा जारी कृषि मेलाका अवसरमा मंगलवार मेला परिसरमा आयोजित कृषिमा लगानी तथा बिमा सम्वन्धी अन्तरक्रिया कार्यक्रमका सहभागिले सरकारको अनुदान, बैकको लगानी र बीमाको क्षतिपुर्ति सम्वन्धित कार्यालयको टेवल र फाइलमा मात्र सिमित भएको गुनासो गरेका हुन् ।
रोल्पाका किसान गंगाराम केसीले कागजमा किसानले धेरै राहत र सुबिधा पाएपनि व्यवहारमा निकै कठिन भएको बताउनु भयो । त्यस्तै अर्धाखाचीका किसान तुलसीराम अधिकारीले बिदेशबाट मल बिउबिजनसंगै कृषिमा बिभिन्न रोग भित्र्याईरहेको बताउनु भयो । गुल्मिका कृष्णप्रसाद ज्ञवालीले सरकारले किसानको उत्पादन र पशुको बिमालाई प्राथमिकतामा राखेपनि व्यवहारमा बिमा कम्पनीहरु किसानका घर गोठसम्म पुग्न नसकेको बताउनु भयो ।
कार्यक्रममा साइन रेसुगां डेभलपमेण्ट बैकका उप महाप्रवन्धक लोकराज पनेरुले नेपाल सरकार र नेपाल राष्ट बैकले कृषि क्षेत्रमा लगानीका लागि बैक तथा बित्तिय सस्थालाई अनिवार्य लगानीको व्यवस्था र अहिलेको अवस्थाका सम्वनधमा र सिद्धार्थ इन्सोरेन्स बुटवलका कृषि बिमा अधिकृत गौतमप्रसाद सापकोटाले कृषि बिमा क्षेत्रमा सरकारले गरेको व्यवस्था र किसाले पाउने अनुदानका सम्वन्धमा छुट्टाछुट्टै कार्यपत्र पेश गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका संघका पुर्वअध्यक्ष जीवनप्रसाद वझाले कृषिको व्यबसायिक बिकास बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउँदै कृषि क्षेत्रको उन्नतीका लागि सरकार र नीजि क्षेत्र मिलेर काम गर्नुपर्ने बताउनु भयो ।
संघका अध्यक्ष तथा मेलाका संयोजक खिमबहादुर हमालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्वर ५ को कृषि बिकास निर्देशनालयका बरिष्ठ अधिकृत दिपक भट्टटराई, बाकेका बरिष्ठ कृषि बिकास अधिकृत पुष्पराज बेल्वासे, कृषि उद्यम केन्द्र अर्धाखाचीका व्यवसाय सल्लाहकार बावुराम चुदाली लगायतले भनाई राख्नुभएको थियो ।
बुटवल उद्योग बाणिज्य संघ र प्रदेश पाँच भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा सोमबारदेखि सुरु भएको मेलामा कृषिजन्य उत्पादन, उत्पादनमा प्रयोग हुने प्रविधि तथा बिउविजन लगायतका स्टल राखिएको छ । मेला यहि माघको २६ गतेसम्म चल्ने छ भने मेलामा कृषिसंग सम्बन्धित प्रतियोगिताहरु गरिँदै छ ।