पाल्पामा काँग्रेसको पार्टी सुदृणीकरण अभियान

1.3K

पाल्पामा काँग्रेसको पार्टी सुदृणीकरण अभियान

पाल्पा, २९ माघ । नेपाली काँग्रेस पाल्पाले जिल्लामा पार्टी सुदृणीकरण अभियान सञ्चालन गरेको छ । जिल्लामा निर्वाचन पछिको पार्टीको अवस्था बुझ्ने र सांगठनिक चुस्तता कायम गर्ने तथा अहिले मुलुकमा देखा परेको कम्युनिष्ट अतिवाद तोड्नकालागि अभियान सुरु गरिएको नेपाली काँग्रेस पाल्पाका सभापति बिरबहादुर रानाले बताउनु भयो ।
अभियान अन्तरगत पार्टीले मंगलबार रिप्दिकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानमा कार्यक्रम गरेको थियो । सो कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य समेत रहुनभएका जिल्ला सभापति रानाले दुई तिहाईको कम्युनिष्ट सरकार दम्भ र अतिवादी चरित्रका साथ प्रस्तुत भएकाले कम्युनिष्ट अतिवादका बिरुद्ध पार्टीले गाउँगाउँमा अभियान सुरु गरिएको बताउनु भएको हो ।
उहाँले अहिले मुलुकमा दुई तिहाईको सरकार बनेकाले जनताले केही अपेक्षा गरेको भएपनि दुई तिहाईको सरकार दम्भ बोकेर अधिनायकबाद उन्मुख भएको बताउँदै कुनैपनि अधिनायकबाट नेपाली काँग्रेसलाई सैह्य नहुने चेतावनी दिनुभयो । सभापति रानाले राणा, पञ्चायत हुँदै राजतन्त्रको अतिवाद छेडेको काँग्रेसका सामु कम्युनिष्ट अतिवादको केही नलाग्ने उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस पाल्पाले अभियानलाई गाउँगाउँमा पु¥याउनकालागि १० वटा टोली बनाएर परिचालन गरेको छ । यो टोलीले गाउँपालिका तथा नगरपालिकाका वडा वडामा पुगेर पार्टीको अवस्था, निर्वाचन पछिको गतिबिधि बुझ्नुका साथै पार्टीलाई ससक्त रुपमा क्रियाशिल बनाउन के गर्नुपर्छ त्यसकालागि आधार तय गर्ने महासमिति सदस्य तथा अधियानका सदस्य हिमालदत्त श्रेष्ठले बताउनु भयो ।
रिप्दिकोट गाउँपालिका वडा नं. ४ भैरवस्थानका कार्यवाहक सभापति लक्ष्मण कोईरालाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नेता राम कार्की, जिल्ला सदस्य धनबहादुर रायमाझी, महाधिवेशन प्रतिनीधिहरु खड्गबहादुर कुवँर, मेघराज पौडेल, गाउँपालिकाका संयोजक रामचन्द्र पाण्डे, मदिरा व्यबसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल, नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति कबिन्द्र नेपाल, गोबिन्द पोखरेल, लोकनाथ अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।
सोही अवसरमा नेपाली काँग्रेस पाल्पाले भैरवस्थानका पुराना नेता तथा पार्टीमा योगदान गरेका व्यक्तिहरु तिलकराम पौडेल, काजिमान श्रेष्ठ, रोमनाथ नेपाल, यादवसिंह रायमाझी, हिमलाल नेपाल, पदमबहादुर पोखरेल, मिनप्रसाद अधिकारी सहित ३० जनालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
सोही अवसरमा नेपाली काँग्रेसको वडा सभापतिमा कमल पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरिएको छ भने तरुण दलको गडा सभापतिमा चन्द्र बुढाथोकी र महिला संघमा पबिता खाम्चालाई जिम्मेवारी प्रदान गरिएको जिल्ला सदस्य धनबहादुर रायमाझीले जानकारी दिनुभयो ।